News

नेम्वाङ्ग र पोखरेलको रस्साकस्सीले एमालेमा रडाको!

नेम्वाङ्ग र पोखरेलको रस्साकस्सीले एमालेमा रडाको!

गुटविहीन पार्टी बनाउने भनेर आफूभन्दा बरिष्ठ नेतालाई कारबाही गरेका प्रधानमन्त्रि केपी शर्मा ओली आफ्नै समुहका नेताहरु बीचको लडाइले आजित भएकाछन् ।


ओली नेतृत्वको नेकपा एमालेका दुई शिर्ष नेताहरु इश्वर पोखरेल र सुवास नेम्वाङ्गको आन्तरिक लडाई उत्कर्षमा पुगेको छ । 


निवर्तमान उपप्रधानमन्त्रि पोखरेलले आफुलाई प्रधानमन्त्री हुनबाट रोकेको भन्दै नेम्वाङ्ग पनि प्रतिवादात्मक कुटनैतिक जवाफ फर्काएका छन् । नेम्वाङ्गले पोखरेललाई गृहमन्त्री हुनबाट मात्रै रोकेनन् उनि नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को भुमिकाबाटै च्युत गरिदिए ।


गत वर्षको चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा सिसिएमसी गठन गरेको थियो सिसिएमसीको स्टेरिङ कमिटीमा पोखरेलसहित १० जना मन्त्री छन् ।


रामबहादुर थापा बादललाई गृह मन्त्रीको भुमिकाबाट पाखा लगाएर शक्ति सञ्चय गर्ने दाउ ढुकेका उपप्रधानमन्त्रि पोखरेलको योजना असफल जस्तै भएको छ । प्रधानमन्त्रि ओलीले पुर्व प्रधान सेनापति रुकमांगत कुटवाललाई गृेह मन्त्री बनाउदैछन् भन्ने चर्चा चुलिएपछि पोखरेल सशंकित बनेकाछन् ।

लामो समयदेखि भुमिका विहिन बनेका उपप्रधानमन्त्रि पोखरेलको गृह मन्त्रीको पद हडप्ने योजना सफल नहुनुमा नेम्वाङ्गको भुमिका रहेको विश्लेषककहरु बताउँछन् । 

इश्वर पोखरेल सुवास नेम्वाङ्ग

विशेष