News

जंगली च्याउ खाएर विरामी भएका ९ मध्ये २ को मृत्यु

जंगली च्याउ खाएर विरामी भएका ९ मध्ये २ को मृत्यु

संखुवासभाको सिलिचोङमा जंगली च्याउ खाँदा विरामी भएका एकै परिवारका ९ जना मध्ये २ जनाको ज्यान गएको छ ।

मंगलवार विहान एक जना यसअघि एक जनाको मृत्यु भएको हो । लाईफगार्ड अस्पताल विराटनगरमा उपचाररत २१ बर्षिया निर्जला राईको मंगलवार विहान मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनलाई सोमबार अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको थियो ।

यसअघि ८ बर्षिया रोजिना राईको मृत्यु भएको थियो । गाउँपलिका–५, याफुमा गत शुक्रवार राती च्याउ खाँदा बुद्ध बहादुर राई र बुद्धि माया राईसहित परिवारका ९ जना विरामी परेका थिए ।

वुद्धवहादुरको याफु आधारभूत स्वास्थ्य इकाईमा उपचार भईरहेको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएका मध्ये दुई जनाको मृत्यु भएको छ ।

मृतक निर्जला राई वुद्धवहादुरका कान्छा छोरा सहदेवकी श्रीमती हुन् । उनीहरुको ४ महिनाको बच्चा आफन्तको सहारामा गाउँमा राखिएको छ । 
 

विशेष