News

यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुँदै, सचेत रहन आग्रह

यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुँदै, सचेत रहन आग्रह

बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले अबको केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना वढेको छ। मौसमविद्हरुले यसको असर शनिवारसम्म रहने वताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुने बताएको छ । आँधीको प्रभावले आज  प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमाली÷पहाडी भूभागका केही ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस्तै भोलि सबैजसो प्रदेशका केही ठाउँमा ठूलो पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हरेको विभागले जनाएको छ ।

यास चक्रवातको प्रभाव आउँदो शनिवारसम्म रहने छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च गतिको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले आजदेखि केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन पनि विभागले आग्रह गरेको छ । 
 

विशेष