News राजनीति

शंकर पोखरेल भन्छन्– राजनीतिमा गिरिजाको जस्तै ओलीको पनि खोजी हुन्छ

शंकर पोखरेल भन्छन्– राजनीतिमा गिरिजाको जस्तै ओलीको पनि खोजी हुन्छ

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अढाई दशक अघि गिरिजाप्रसाद कोईरालाकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली रहेको वताएका छन् । नेपाली राजनीतिको संकट समाधानमा गिरिजाकै जस्तो ओलीको पनि खोजी हुने उनको भनाई छ ।

फेसबुकमा आज स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओली प्रमुख नेताहरूको घेराबन्दीमा रहेकाले उनीप्रति सर्वसाधारणको सहानुभूति रहेको पनि बताएका छन्। 
‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो’ उनले लेखेका छन्–‘मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र वाहिरका शक्तिहरु एक ठाउँमा उभिएको जनाउँदै उनले त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसमा नरहेको वताएका छन् । ‘वरु प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूती वढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन्’ उनले लेखेका छन्–‘दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही वाटोमा अघि वढौ ।’
http://

विशेष