News अपराध सुरक्षा

कोरोना महामारीमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी, दुई पक्राउ

कोरोना महामारीमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी, दुई पक्राउ

सुनसरीको धरानमा कोरोनाको वहानामा एम्वुलेन्समा गाँजा तस्करी हुने गरेको पाईएको छ । गैर सरकारी संस्थाले सञ्चालन गरेको एउटा एम्बलेन्समा गाँजा ओसार पसार गरेको आरोपमा धरानका दुई युवा पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।

हुडेक नेपालले सञ्चालन गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्समा सय किलो गाँजासहित एम्बुलेन्स चालक धरान १५ बाझगरा बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशण राईलाई पक्राउ परेका छन् ।

धनकुटाबाट धरानतर्फ आइरहेको एम्वुलेन्स सोमवार राती जिरोपोइन्ट चेकपोस्टवाट प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ । एम्बुलेन्सको पछाडिको भागमा २५ केजी दरको ४ वटा झोलामा सयकिलो गाँजा राखेको पाइएपछि गाँजा ओसार पसार र बिक्रिवितरण गरेको अभियोगमा बलबहादुर र पोशण पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले वताए ।

उनीहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोरोना माहामारीका कारण देशमा अधिकांश भागमा निषेधाज्ञा जारी गरेर सर्वसाधारण र निजी तथा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ। तर, एम्बुलेन्स सञ्चालन भईरहेका छन् । 

विशेष