News कभर स्टोरी

'ओली देखिनमा राष्ट्रबादी, भित्रभित्रै लम्पसारबादी हुन्'

'ओली देखिनमा राष्ट्रबादी, भित्रभित्रै लम्पसारबादी हुन्'

प्रतिनिधिसभाको निर्वाचन २०७४ मा नेपली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बन्ने मौका पाएका ६३ मध्ये प्रकाश रसाइली स्नेही एकहुन् । रसाईली राज्यबाटै उत्पीडनमा पारिएका दलित समुदायबाट प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट सांसद बनेका हुन । बझाङबाट पार्टीमा जबर्जस्त भूमिका प्रर्दशन गर्दै केन्द्रमा आइपुगेका उनी सदनका लागि भने नयाँ अनुहार हुन् । तर, परिपक्वता र सक्रियताले उनलाई नेपाली जनता माझ परिचित गराएको छ ।


नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक समावेशीकरणको सिद्धान्त सधैका लागि हुनुहुदैन भन्ने रसाईलीको धारणा छ । आरक्षणबाट प्रतिनिधित्व गर्ने व्यक्ति पनि अरु व्यक्ति सहर योग्य, सक्षम र क्षमतावान हुनुपर्ने उनले बताए । आरक्षण सिमित समयका लागि उचित भएपनि कालान्तरमा यसले द्धन्द सिर्जना गर्ने भएकाले यसबारेमा पुर्नविचार गुर्नुपर्ने उनको धारणा छ । 


प्रत्येक दश वर्षमा आरक्षरण सम्बन्धि विषय हेरफेर गर्नुपर्ने व्यवस्था भएपनि २०६३ यता कार्यान्वयनमा आएको आरक्षण बारे कुनै हेरफेर गरिएको छैन । वर्तमान प्रधान मन्त्रि केपी शर्मा ओली लम्पसारबादी भएको रसाईली बताउँछन् । उनि भन्छन्, ‘ओली देखिनमा राष्ट्रबादी, भित्रभित्रै लम्पसारबादी हुन् त्यो त सबैलाई थाहा भएकै कुरा हो ।’

 

नेपालका कम्युनिष्ठहरुले केहि गर्न नसकेको रसाईली बताउँछन् ।  काँगे्रसले दुई तिहाई ल्याएर समृद्धिको बाटो खोल्ने उनको दाबी छ । नेपाली कांग्रेस सरकारको प्रतिपक्ष दल रहेको बेला संसद अधिवेशमा शसक्त आवाज उठाउने रसाईलीसँग नेपाल आजका लागि सुनिल धामीले गरेको संवादः

विशेष