News अन्तरवार्ता

सिपी मैनालीले यसरी खुलाए नागरिकता सम्बन्धि अध्यादेशको नालीबेली, उनि भन्छन्, ‘शिर्ष नेताहरु किन बोल्दैनन्?’

सरकारले जारी गरेको नागरिकता सम्बन्धि अध्यादेशले नेपालको राष्टियता कमजोर पार्ने नेकपा मालेका महासचिव सिपी मैनाली बताउँछन । २०४६ साल चैत्र मसान्त यता नेपालमा बसोबास गर्दै आएका दशौँ हजार भारतिय नागरिकले जन्मसिद्ध नागरिकता लिएको मैनाली बताउँछन् । उनि भन्छन्, भारतका सिमावर्ती गाउँमा दशौँ हजार गैर नेपालीले जन्मसिद्ध नागरिकता लगेकाछन् । 

यदि जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने हो भने लाखौँ गैर नेपालीले वंशजको नागरिकता पाउँछन् । जसले नेपालको राष्टियता कमजोर बन्छ । 
जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने भए उच्चस्तरिय नागरिकता छान्विन आयोग गठन गरेर दिनु पर्ने मैनालीको माग छ । 

सिपी मैनाली नागरिकता सम्बन्धि अध्यादेश

विशेष