News

पत्रकार महासंघका अध्यक्ष पोखरेलको कार दुर्घटना, १ जना घाईते

पत्रकार महासंघका अध्यक्ष पोखरेलको कार दुर्घटना, १ जना घाईते

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । 

अध्यक्ष पोखरेल चढेको प्रदेश ३–०१, ०२२ च ९२२६ नम्बरको निजी कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ नम्बरको स्कारपियोले ठक्कर दिएको हो ।


दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतमको टाउकोमा चोट लागेको छ । अन्य सकुशल रहेको जनाईएको छ।

कारणमा अध्यक्ष पोखरेल, गौतम, दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी र शाखा उपाध्यक्ष सन्तोष सुवेदी सवार थिए । 
 

विशेष