'भान्जा-भान्जीको नागरिकता छानबिन गर्ने भए प्रचण्डको नातीनीको नागरिकता छानबिन गरौँ'
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको नागरिकता सम्बन्धि अध्याधेश २०७८ यतिबेला विवादको विषय बनेको छ । नेपाल नागरिकता सम्बन्धि ऐन, २०६३ संसदमा विचारधिन अवस्थामा रहेको बेला प्रधानमन्त्रि केपी शर्मा ओलीले नागरिकता वितरण गर्न अध्यादेश सिफारिस गरेका थिए ।
नेकपा माओवादी केन्द्र लगाएत धेरै राजनितिक दलको आधिकारिक वक्तव्य नआए पनि कार्यकर्ता तहमा नागरिकता अध्यादेशको विरोध भएको छ । विदेशी भान्जा भान्जीलाई संसद छलेर नागरिकता बाड्न खोजेको भन्दै विरोध सुरु भएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ मा संसोधन गर्दै अध्यादेश जारी गरिएको छ । जसमा उपदफा ३ पछि उपदफा ४, ५, ६ थपिएकाछन् ।
थपिएका मध्ये उपदफा ५ मा ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’ भनि उल्लेख गरिएकोछ ।
अध्यादेशको उपदफा ६ मा ‘उपदफा ५ बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु बिदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता काय रहने छैन र निजको बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अंगिकृत नागरिकतामा परिरणत गरिने छ ।’ भनि उल्लेख गरिएको छ ।
यो अध्यादेश जारी भएसँगै सामाजिक सञ्जालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातीनी स्मिता दाहालको नागरिकता छानबिन गर्नुपर्ने विषयमा टिप्पणी हुन थालेकाछन् ।
प्रचण्डकी नातीनी स्मिता दाहाल भारतिय नागरिक नारायण प्रधानकी छोरी हुन् । अहिले जारी भएको अध्यादेश अनुसार स्मिताले उनको बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अंगिकृत नागरिकतामा परिरणत गरिने छ भन्ने व्यवस्था गरेको छ ।
संविधानले आमाको नाममाबाट नागरिकता दिन सकिने व्यवस्था गरेतापनि नागरिकता सम्बन्धि ऐन, २०६३ संसोधन हुन नसक्दा आमाको नामबाट नागरिकता पाउन सकेकाछैनन् ।
सामाजिक सञ्जालमा गरिएका टिप्पणी अनुसार स्मिता नेपाली भान्जीहुन् । बाबुको पहिचान हुन नसकेको अवस्थामा मात्रै स्मिताले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने जानकारहरु बताउँछन् । उनले वंशजको आधारमा नागरिकता लिएकी छन् या छैनन् भन्ने बारेमा छानबिन गर्न माग गरिएको छ । अध्यादेशमा गरिएको व्यवस्थालाई नमान्ने हो भने प्रचण्ड नातीनी स्मिताले वंशजको आधारमा नागरिकता पाउन नसक्ने जानकारहरु बताउँछन् ।
गणेश ज्ञवाली नामक एकजना फेसबुक प्रयोगकर्ताले लेखेकाछन्,
प्रचण्डको स्वकीय सचिव -छोरी_ गङ्गा दाहालको विवाह युद्धकालमै दार्जलिङका नारायण प्रधान -भारतीय नागरिक_ संग भएको थियो । भूमिगत समयमा सन् १९९७ को फेबु्रअरी महिनामा लखनउको लिला होटलमा गङ्गा र रेणुको लुकेर विवाह गरिएको थियो । प्रचण्ड भारतमा रहदा प्रधान परिवार प्रचण्डको भरपर्दो सहयोगी थियो । तर, शान्ति प्रक्रियामा आएसँगै गंगा र नारायणको सम्बन्ध टुट्यो । त्यसपछी गंगाको जीवनमा विराटनगरका जीबन आचार्य भित्रिए ।
गंगाको विवाह भारतीय नागरिक नारायण प्रधानसँग हुदा एक छोरी पनि जन्मिएको छिन् जो स्मिता दाहाल नामले परिचित छिन ।
करिब ५ दर्जन गीत रेकर्ड गराएकी यिनी हाल २० वर्ष की पुगिन । म यि बहिनीलाई दोष वा अपमान गर्न खोजेको होईन । म पनि यिनको गीत मन पराउने व्यक्ति हूँ तर, यदि भान्जा भान्जीको नागरिकता छानबिन नै गर्ने हो भने प्रचण्डको नातीनीको पनि नागरिकता छानबिन गरौ ।
भारतीय नागरिक कै कुरा गर्ने हो भने प्रचण्ड कै घरमा पनि एक भेटिन्छन की
प्रचण्ड स्मिता दाहाल नागरिकता छानबिन