News

मन्त्री आलेले खरिद गरेको अक्सिजनको विल नक्कली ! वैशाखदेखि नै अक्सिनमा भ्याट मिनाह

मन्त्री आलेले खरिद गरेको अक्सिजनको विल नक्कली ! वैशाखदेखि नै अक्सिनमा भ्याट मिनाह

प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्का र विवादित अभिब्यक्तिका कारण सदावहार चर्चामा रहन्छन्। तर, विगत २/३ दिनदेखि भने वन तथा वातावरणमन्त्री प्रेम आलेले ओलीलाई पनि उछिनेका छन्। सामाजिक सञ्चालनमा उनको चर्चा ब्यापक भईरहेको छ ।

वन मन्त्री आले चर्चामा आउने मुल कारण हो– मंगलबार डोटी र धनगढीका लागि पठाईएको ११० थान अक्सिजन सिलिण्डर। पहिलो पटक चीनबाट अनुदानमा प्राप्त सिलिण्डरमा आलेले आफ्नो फोटो टाँसेर पठाएको भन्दै आलोचना भयो। त्यसपछि उनले १५ वटा सिलिण्डर स्वास्थ्य मन्त्रालय र बाँकी ११० वटा सिलिन्डर आफ्नै पैसाले खरिद गरेको दावी गरे ।

चीनको अनुदानमा आलेले र्याल चुहाएको आरोप लागेपछि सिलिन्डर खरिदको विल पनि सार्वजनिक भयो । त्यहि विल फेरी चर्चामा आएको छ । विल अनुसार वनमन्त्री आलेले विध म्यानेजमेन्ट प्रालिवाट ४० लिटरका अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर २३ हजार रुपैयाँमा परेको छ।

सिलिण्डरका लागि कुल १३ लाख ८० हजार रुपैयाँमा १३ प्रतिशत भ्याट सहित गरि १५ लाख ५९ हजार ४ सय रुपैयाँ भुक्तानी गरेको बिल छ। तर, चीनवाट अक्सिजन सिलिण्डर खरिद गरेर ल्याउँदै गरेका तर, सामान काठमाण्डौं आईनपुगेका ब्यवसायीहरुले भने ४० लिटर सिलिण्डरको मुल्य २३ हजार हुनै नसक्ने दावी गरेका छन् ।

खरिद गरेको मुल्यमा २० प्रतिशत नाफा लिएर भ्याट बिल काट्दा पनि १७ हजार भन्दा वढि नपर्ने एक ब्यवसायीले दावी गरेका छन् । काठमाण्डौंसम्म आईपुग्दा ४० लिटरको अक्सिजन प्रतिसिलिण्डर १३ हजार भन्दा वढि नपर्ने ब्यवसायीहरुको भनाई छ ।

विल अनुसार मन्त्री आले ठगिएको वा उनकै भनसुनमा ब्यापारीले मुल्य वढाएको हुन सक्ने आँकलन गरिएको छ । त्यसमाथि सरकारले अक्सिजनलगायतका स्वास्थ्य सामग्रीमा भ्याट नलिने भनेर निर्णय गरिसकेकाले त्यो विल सर्वसाधारण झुक्याउनका लागि मात्रै तयार गरिएको जानकारहरु वताउँछन् ।

नेपाल सरकार मन्त्री परिषदको ०७८ वैशाख १३ को निर्णय अनुसार अक्सिजनलगायत कोरोना महामारीवाट संक्रमित विरामीहरुको उपचार ब्यवस्थापनका  लागि आवश्यक पर्ने सामग्रीहरुको पैठारीमा लाग्ने भन्सार महसुल, मुल्य अभिवृद्धि कर तथा अन्त शुल्क छुट दिईएको छ। 

विशेष