News Breaking News देश राजनीति

नेकपामा देखिएको कारबाही र स्पष्टीकरणको रोग अहिले जसपामा सरे

नेकपामा देखिएको कारबाही र स्पष्टीकरणको रोग अहिले जसपामा सरे

काठमाडौँ - विगतमा नेकपामा देखिएको कारबाही र स्पष्टीकरणको रोग अहिले जसपामा सरेको छ । आ–आफ्नो गुट चलाइरहेका पूर्वराजपा र पूर्वसंघीय समाजवादी पार्टीका नेताहरूले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी गरेका छन् ।

यसअघि अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेका थिए । त्यसको काउन्टर दिँदै मंगलबार मध्यराति महन्थले नै उपेन्द्रलाई सात बुँदे स्पष्टीकरण तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।

महन्थले केपी ओलीलाई साथ नदिई किन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । यदि समयभित्र स्पष्टीकरण नआए पार्टीबाटै हटाउने महन्थ पक्षको तयारी छ ।

मंगलबार पार्टीको विधानको दफा ४९ अनुसार ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।

पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिई विभिन्‍न जिल्‍लाहरूमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरू किन सञ्‍चालन गर्नु भयो भन्‍दै ठाकुरले पहिलो प्रश्‍न सोधेका छन् । 

त्‍यस्तै सर्वोच्‍च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्‍धनको रिटमा किन हस्ताक्षर गर्नु भयो ? ठाकुरले प्रश्‍न गरेका छन् ।

विशेष