News

जसपा कार्यकर्ताले आफनै अध्यक्षको पुतला जलाए

जसपा कार्यकर्ताले आफनै अध्यक्षको पुतला जलाए

सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताले आफ्नै पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओली प्रतिगमनकारी र अध्यक्ष ठाकुर उनका मतियार भएको भन्दै सखुवानन्कारकट्टीमा प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरको पुत्ला जलाईएको हो ।

प्रतिमनकारीलाईसाथ दिने ठाकुर पनि प्रतिगामी भएकाले विरोध स्वरुप उनीहरुको पुत्ला जलाइएको जसपा नेपालका स्थानीय नेताहरुले वताए । पछिल्लो राजनीतिक घट्नाक्रममा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीको साथमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवर नेता वावुराम भट्टराई काँग्रेस–माओवादी केन्द्रसँग नजिक छन् ।

सत्ता स्वार्थका लागि नेताहरु विभाजित भएपछि कार्यकर्ताहरु समेत विभाजित भएका छन् । दुवै पक्षका नेता तथा कार्यकर्ताले अर्को समुहका नेताहरुको पुत्ला जलाउने र विरोध गर्ने गरिरहेका छन् । 
 

विशेष