News राजनीति

ओली विरुद्ध उत्रन नागरिक र बौद्धिक समूहसँग कांग्रेसको हार गुहार

ओली विरुद्ध उत्रन नागरिक र बौद्धिक समूहसँग कांग्रेसको हार गुहार

प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेसले हारगुहार थालेका छ। ओलीले संसद् विघटन गरेको विरोधमा उत्रिन नागरिक समाज, बौद्धिक समूहलगायतलाई आह्वान गरिएको छ।

देउवानिवास बूढानीलकण्ठमा आज विहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सरकारको कदमविरुद्ध उत्रिन सबैलाई आह्वान गरेको हो ।

बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध अदालतमा रिट दायर गरिसकेको अवस्थामा अन्य राजनीतिक गतिविधि कसरी गर्ने भन्नेबारे छलफल भएको बताइएको छ । सरकार कोरोना संक्रमणको आडमा राजनीतिक स्वार्थ पूरा गर्न लागेको कांग्रेसको आरोप छ ।

बैठकमा कोरोना महामारीसँगै राजनीतिक अवस्था पनि खराब भएकाले समाधानका लागि जनस्तरबाट दबाव दिनुपर्ने बेला भएको भन्दै सडक संघर्षको विकल्पमा अन्य दबावमूलक कार्यक्रम गर्नेबारे छलफल भएको थियो ।

विशेष