News

विरामी श्रीमान र कुरुवा श्रीमती दुवैको कोरोनाका कारण अस्पतालमै मृत्यु

विरामी श्रीमान र कुरुवा श्रीमती दुवैको कोरोनाका कारण अस्पतालमै मृत्यु

कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका श्रीमानको स्याहार सुसार गर्दा गर्दै श्रीमती पनि संक्रमित भएपछि वाँकेमा दुवै जनाको मृत्यु भएको छ । 

नेपालगन्जको भेरी अस्पतालको आइसीयु वार्डमा भर्ना भएका श्रीमानको रेखदेखमा गएकी श्रीमती पनि संक्रमणको शिकार भएको र दुवैको मृत्यु भएको जनाईएको छ ।

भेरी अस्पतालमा वैशाख १ गतेदेखि हालसम्म ८ सय ३५ जना संक्रमित भर्ना भएकोमा १ सय ५४ जनाको मृत्यु भइसकेको छ । अहिले पनि भेरी अस्पतालमा १ सय ९९ जना बिरामी भर्ना छन् । 

कन्ट्याक टे«सिङ्ग नहुँदा अहिले जो सुकै पनि संक्रमित हुने अवस्था छ। अस्पतालमा पनि कस्ता मानिसको आवत जावत छ भनेर पहिचान गर्न सक्ने अवस्था छैन। यस्तै क्रममा कुरुवा वस्न आएकाहरु पनि संक्रमित हुने गरेको अस्पतालले जनाएको छ।

अस्पतालमा भर्ना भएका आफन्तसँग भेटघाटका लागि परिवारका सदस्यहरु पर्याप्त साबधानी बिनै बेडसम्म पुग्ने गरेका कारण भेटघाटमा जाने र रेखदेखमा बस्ने अधिकांश कुरुवा संक्रमित हुने गरेका छन् । तर अधिकांश कुरुवाले स्वास्थ्य अवस्था जटिल नहुँदासम्म चेक जाँच नै गराउँदैनन् ।

बिरामीका लागि खाने कुरा, आवश्यक सामग्री, औषधि, फलफूल लिन जाँदा पनि संक्रमण फैलने जोखिम बढेको छ ।

उपचारमा संलग्न चिकित्सक र स्टाफ नर्सले पर्याप्त सावधानी अपनाएर एक जना बिरामीका एक जना मात्रै कुरुवा बस्न आग्रह गर्दा नमान्ने, उल्टै झगडा गर्ने गरेको गुनासो स्वास्थ्यकर्मीहरुको छ । 

विशेष