News राजनीति

एमालेको घर झगडाले सुदुरपश्चिम सरकारमा आगो !

एमालेको घर झगडाले सुदुरपश्चिम सरकारमा आगो !

नेकपा (एमाले) का केन्द्रिय नेताहरुको घर झगडाले सुदुरपश्चिममा माओवादी केन्द्रलाई फाईदा भएको छ । ‘भाई फुटे–गवार लुटे’ भने झै प्रधानमन्त्री समेत रहेका अध्यक्ष कपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको कलहका कारण माओवादीले फाईदा लिएको हो ।

एमाले स्थायी समिति सोमवार काठमाण्डौंमा वसेको बैठकले माओवादी केन्द्रवाट मुख्यमन्त्री वनेका त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्नो पार्टीका मन्त्रीहरूलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो।

तर, सुदूरपश्चिम एमाले संसदीय दलको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेपछि माओवादी नेतृत्वको सरकार सुरक्षित भएको छ । 

५३ सदस्यीय प्रदेश सभामा सभामुख सहित एमालेका २५, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद् छन् । जम्मा १३ सांसद रहेको माओवादीले सरकारको वागडोर सञ्चालन गरिरहेपछि एमाले स्थायी समितिले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।


स्थायी समितिको निर्देशनबारे छलफल गर्न बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको जनाईएको छ । नेता नेपालसहित ११ सांसदलाई कारवाही गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयको विरोध स्वरुप माओवादीलाई साथ नछोड्ने निर्णय भएको एक सांसदले जानकारी दिए ।

सुदूपश्चिम प्रदेश सभामा एमालेका सांसद मध्ये अधिकांश नेपाल पक्षका छन् भने प्रदेश सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानून, माया भट्ट उद्योग र कृष्णराज सुवेदी सामाजिक विकास मन्त्री छन्।
 

विशेष