News राजनीति

सभामुखको चेतावनी– अव मैले असाधारण कदम चाल्न सक्छु

सभामुखको चेतावनी– अव मैले असाधारण कदम चाल्न सक्छु

सरकारले लगातार दुई पटक संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा आक्रोसित भएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका छन्।

संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन्। तर त्यो असाधारण कदम के हो भन्नेबारे चाहिँ उनले खुलाएनन्।

दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले बिहीबार संविधान र कानुनका जानकारहरुसँग परामर्श गरे।

उनीहरुले सभामुखलाई संसदको गरिमा, संविधानको रक्षा र लोकतन्त्रका लागि सक्रिय हुन सुझाव दिँएसँगै उनले पनि असाधारण कमदको चर्चा गरेका हुन्। केही कानुनविद्हरुले सभामुखलाई संसद अधिवेशन आह्वानका लागि राष्टपति समक्ष सिफारिस गर्न सुझाव दिएका छन्।

विशेष