News राजनीति

एमालेमा रडाकोः ओलीको उत्तराधिकारी को ?

एमालेमा रडाकोः ओलीको उत्तराधिकारी को ?

नवौं महाधिवेशनवाट केपी शर्मा ओली अध्यक्ष भएसँगै उनको उत्तराधिकारीको खोजी सुरु भएको छ । ओलीले दशौं महाधिवेसनमा अध्यक्षको उम्मेदावर नहुने घोषणा गरिसकेकाले पनि उनको उत्तराधिकारीको खोजी भएको छ ।

ओलीको बलियो उत्तराधिकारीका रुपमा हेरिएकी विद्यादेवी भण्डारी राष्ट्रपति भएसँगै अन्य नेताहरु उत्तराधिकारीको लाईनमा छन् । उनको उत्तराधिकारीमा महासचिव ईश्वर पोखरेल, दलका उपनेता सुवास नेम्वाङ, भीम रावल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलको चर्चा छ ।

ईश्वर पोखरेल आठौं र नवौं महाधिवेशनमा दुइपटकका महाचिव भएका हुन् । यसैगरी, सुवास नेम्वाङ दलका उपनेता समेत हुन् । संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका नेम्वाङ कुटनीतिमा माहिर मानिन्छन् । 

यसैगरी, अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका शंकर पोखरेल पनि एमालेका एक खम्वा हुन् । उनी वैचारीक र राम्रो संगठकको रुपमा पहिचान वनाएका नेतामा पर्छन । तर, ईश्वर पोखरेल र सुवास नेम्वाङभन्दा जुनियर भएकाले उनी सर्वमान्य नेताको रुपमा आईहाल्ने अवस्था छैन ।

वर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अर्थ मन्त्री विष्णु पौडेल पार्टीमा लोकप्रिय छन् । दुवैजना ओलीका विश्वासिला पात्र पनि हुन् । दुवै नेता विश्लेषक, बौद्धिक र कुसल संगठकका रुपमा पार्टीभित्र अगाडि वढेका छन् । ज्ञवालीलाई फरक समुहका नेताले पनि मन पराउँछ भने पौडेल चै वाहिर मिलनसार र मृदु भासी छन भने भित्री रुपमा भने मौका पर्दा कैची हथौडा हान्न पनि पछि नपर्ने नेताका रुपमा चिनिन्छन् । तर, उनीभन्दा सिनियर नेता अरु पनि भएकाले उनीहरुलाई तत्कालै उत्तराधिकारी बन्न सहज छैन ।

उपाध्यक्ष समेत रहेका भीम रावल वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा लागेर ओलीको उछित्तो काढ्नेमा अग्रपंत्तिमा रहेकाले उनको सम्भावना कम छ। पार्टीको आन्तरिक कलह मथ्थर भएपछि रावल ओलीको उत्तराधिकारी वन्ने छाँटकाँट छैन। 

त्यसैले एमालेमा अहिले उत्तराधिकारीको लाईनमा महासचिव ईश्वर पोखरेल र दलका उपनेता सुवास नेम्वाङको चर्चा छ । उनीहरु उत्तराधिकारीको तयारीमा पनि छन् । दुवै नेता एक अर्कालाई सिद्याउने र आफु अघि वढ्ने हिसावले अघि वढिरहेको प्रष्ट देख्न सकिन्छ।

इश्वर पोखरेललाई पार्टीमा आफु नेम्वाङ भन्दा पुरानो नेता भएको घमण्ड गर्छन। उनको ब्यवहारवाट पनि त्यो कुरा झल्किन्छ। उनी आफुलाई ओलीको समकक्षी र उनकै हाराहारीको नेताका रुपमा दाँज्छन् । पार्टी सुत्रका अनुसार नेम्वाङ पक्षले पोखरेललाई पार्टी एकता भाँडेको आरोप लगाउने गरेका छन्।

यसैगरी, नेकपा भित्र विवाद हुँदा प्रधानमन्त्री ओलीले नेम्वाङलाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । त्यस वेला पोखरेलले नै त्यसमा अड्को थापेको उक्त समुहको वुझाई छ। यस्तै राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फवाट उम्मेदवार वनेका पूर्वमाओवादी नेता रामवहादुर थापा ‘वादल’ लाई हराउन रोकल खेलेको पोखरेल माथि आरोप छ। 

पोखरेलले वाहिर चै वादललाई जिताउन सर्कुलर जारी गरेको तर, भित्रि रुपमा उनको विपक्षमा काम गरेको पार्टी भित्रकै वुझाई छ ।

अर्कोतर्फ पोखरेलले नेम्वाङलाई अवसरवादी नेताको रुपमा चित्रण गर्ने गरेका छन् । पेशाले वकिल रहेका नेम्वाङले ब्यवासायवाट चरम लाभ लिएको पोखरेल पक्षको आरोप छ । लगातार दुई पटक सभामुख भईसकेका नेम्वाङ संगठन निर्माण तथा पार्टी हितमा सकृय हुने भन्दा पनि पदकै लागि कृयाशिल रहने गरेको वताईन्छ ।

नेम्वाङ्गमा चरम ढुलमुले प्रवृत्ति रहेको र पार्टी एकता हुँदा झण्डै ओलीलाई छोडेको उनी माथि आरोप छ। जुन नेता संगठनमा वलियो जस्तो देखिन्छ, उतै ढल्किने स्वभाव उनमा रहेको, संविधान निर्माणका क्रममा तथा त्यसअघि र पछि पनि निरन्तर रुपमा जनजातीलाई उचालेर पार्टीलाई कमजोर वनाउन खुराफात गरेको पोखरेल निकट नेता÷कार्यकर्ताहरु वताउँछन् ।

नेम्वाङले प्रधानमन्त्री ओलीलाई कानुनी रुपमा गलत सल्लाह दिने गरेको आरोप पनि लाग्ने गरेको छ । 

ईश्‍वर पोखरेल सुवास नेम्वाङ उत्तराधिकारी

विशेष