News अपराध सुरक्षा

हेर्नुहोस रवी लामिछानेको ठगी धन्दा (प्रमाणसहित)

हेर्नुहोस रवी लामिछानेको ठगी धन्दा (प्रमाणसहित)

चर्चित सञ्चारकर्मी रवी लामिछानेले ‘देशकै सर्वसुलभ अस्पताल’ भन्दै दावी गरेको वालाजुस्थित जनमैत्री अस्पतालले विरामी भर्ना गरेकै एक लाख असुल गर्ने गरेको पाईएको छ ।

रवि लामिछाने फाउन्डेसन र ग्यालेक्सी टेलिभिजनसहकार्यमा सो अस्पताल चलाइएको हो । उक्त अस्पतालमा छामिछानेले गोल्डेन शेयर लिएको (निशुल्क) चर्चा छ। नेकपा एमालेको भातृ संगठन युवा संघले जनाए अनुसार रवीले धम्क्याएरै गोल्डेन शेयर लिएका हुन । त्यसैले उनी ‘सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको’ भन्दै जनमैत्री अस्पतालको विज्ञापन गरिरहेका छन् । 

तर, सोहि अस्पतालले विरामी भर्ना गरेकै १ लाख रुपैयाँ असुलेको प्रमाण फेला परेको छ। जुन सरकारले तोकेको भन्दा वढि शुल्क हो ।

अस्पतालले नयाँ वजारका ६० वर्षिय रामचन्द्र श्रेष्ठ नामका विरामीसँग भर्ना शुल्क नै १ लाख लिएपछि ‘निःशुल्क तथा सर्वसुलभ उपचार’ भनेर गरिएको विज्ञापन अस्पतालको विजिनेस बढाउन गरिएको फण्डा मात्रै रहेको पुष्टि भएको छ।

यति मात्रै होईन, रवीले अस्पताल चलाउनका लागि जस्तो सुकै फण्डा प्रयोग गरिरहेका छन् । केहि दिन अघि उनले मन्त्री रामविर मानन्धरलाई अस्पतालकै गेटमा तथानाम गरे । यो पनि उनले अस्पतालतर्फ नागरिकको ध्यानाकर्षण गराउन सुनियोजित रुपमा गराएको घटनाकै रुपमा लिईएको छ। 

मन्त्रीले एक सिलिण्डर अक्सिजन उपलब्ध गराउन नसक्दा आफुले १ सय सिलिण्डरको ब्यवस्थापन गरेको देखाउनकै लागि यो प्रकरण गराईएको उनीमाथि आरोप छ ।

हुन त छामिछानेका हरेक कृयाकलाप कृत्रिम हुने गरेको जानकारहरु वताउँछन्। उनको वाहिरी रुप सामाजसेवी भएपनि असरी रुप भने अर्कै भएको वताउनेहरुको संख्या ठुलो छ। पत्रकारिता छोडेर व्यापार÷व्यवसाय एवम् समानान्तर सरकार चलाउन खोजेको आरोप लागि रहेका तिनै रवी अहिले कमाउ धन्दामा लागेको उनीहरुको आरोप छ।

अर्कोतर्फ रवी लामिछानेले समाजसेवा तथा विपदमा परेकाहरुको सहयोग गर्ने भन्दै चन्दा पनि असुल गरिरहेका छन् । रवी लामिछाने फाउन्डेसनका नाममा भईरहेको चन्दा संकलनको हरहिसाव अहिलेसम्म कसैलाई जानकारी गराउने गरिएको छैन ।

फाउण्डेसनले ७ जेष्ठ ०७८ मा मात्रै ज्वाला संग्रौला, राम श्रेष्ठ, संगीता गुरुङ्ग, सर्मिला वाईवालगायत सँग ३१ लाख ५१ हजार असुल गरेको पाईएको छ। उनले यसरी, कयौ ब्यक्तिसँग चन्दाकै नाममा करोडौं रकम असुल गरेको हुन सक्ने आशंका गरिएको छ । यसको छानविन हुनु पर्ने आवाज पनि उठिरहेको छ।

रवि लामिछाने

विशेष