News

रेल्वेका हाकिमले सामाजीक सञ्जालमै बाबुराम भट्टराईलाई भारतिय एजेन्ट भने !

रेल्वेका हाकिमले सामाजीक सञ्जालमै बाबुराम भट्टराईलाई भारतिय एजेन्ट भने !

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईको निकृष्ट आलोचना गरेका छन् ।

विहिवार सामाजिक सञ्जाल फेसवुकमा एउटा पुरानो तस्विर पोष्ट गर्दै उनले वावुराम विरुद्ध अभिब्यक्ति दिएका छन् ।

उनले लेखेका छन्– ‘नेपाल बिरुद्ध सधै तानाबान बुन्ने कथित भारतिय थिंक ट्याङक तथा जेएनयुको पुर्व प्राध्यापक र नेपालमा माओबादी बिद्रोहको गुरु एसडीमुनि र भारतिय पुर्व राजदुत रंजित रेसंग बाउरामको केही बर्ष पहिलेको गोप्य बैठक । यीनै भारतिय जासुस मधेशी जनतालाइ भारतिय र भीखारी भन्ने? कहीँ टेक्ने ठाउँ नपाएर मधेसी दलसंग शरण लिन गएका बाउरामलाइ मधेशी जनताले क्षमा दिन्छन जस्तो लाग्दैन । मधेशी दलका कतिपय मागहरुसंग असहमत हुन सकिन्छ तर ती भिखारी र भारतिय हुन् भन्नु बाउरामको मसानघाट तर्फको यात्रा हो ।’

यसैगरी, उनले वावुरामले पोष्ट गरेको आफनो ब्यक्तिगत फोटोमा पनि आलोचना गरेका छन। पत्नि सिसिला यमीसँगको फोटो पोष्ट गर्दै उनले लेखेका छन्–‘च्वाँचे किस लिन मुख चुच्चो बनाएर सेल्फी लिँदै काका ।’

भट्टराई अधिकांश समय सामाजिक सञ्जालमै ब्यस्त हुने गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको किर्तन गाउनु र उनी विरुद्ध वोल्ने र लेख्नेहरुको दोहोलो काड्नु’ उनको दिनचर्या हो । सामाजिक सञ्चालमा उनले आतंक नै मच्चाएका छन्। एक समय थियो– केटाकेटीलाई डराउनु पर्दा अभिवावकले ‘भुत’ को नाम लिन्थे । अहिले कसैलाई होच्याउनु वा तर्साउनु पर्दा गुरु भट्टराईको नाम लिने गरिन्छ। सामाजिक सञ्चालनमा कसैको विचार र कमेन्ट मन नपरे ‘तेरो स्ट्याटसमा गुरु भट्टराईले कमेन्ट गरोस’ भन्दै लेख्न थालिएको छ। 
यो पनि

ओलीका हनुमानद्वारा पत्रकार श्रेष्ठमाथि प्रचण्डको जुम्रा र धन लुकाउने सारथी भएको आरोप

विशेष