News

सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल

सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल

ललितपुरको कुपन्डोलमा रहेको सर्वाङ्ग अस्पताल प्रालीले कोभिड विरामीलाई जर्वजस्ती थुनेर १२ लाख ८६ हजार ५ सयको विल थमाई दिएको भेटिएको छ ।


कोरोनाको अवस्था सामान्य रहेका विरामीको अवस्था गम्भिर भएको भन्दै आईसियुमा १८ दिनसम्म समय थपेर विरामीबाट जर्वजस्ती पैँसा असुली गरेको विरामीका आफन्तको गुनासो छ । 


कुपन्डोलका इन्द्र सिहंलाई बैशाख २६ गते कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि नजिकैको सर्वाङ्ग अस्पतालमा लगियो । एक रात एक दिन इर्मेजेन्सीमा राखिसकेपछि विरामीलाई आईसियु कक्षमा लग्न डाक्टरहरुले सुझाव दिए । सुरुमा अस्पतालले आईसियु छैन भनेको थियो तर अस्पतालका व्यवस्थापक रन्जन खनालका नजिकका मित्र  रविन्द्र सिहं उर्फ 'रवी'सिहंको अनुरोधमा विरामीले आईसियु उपलब्ध भयो । रविन्द्र सिंह कोभिड संक्रमित इन्द्र सिहंका चिनेजानेका मान्छे थिए ।

 
विरामीलाई आईसियुमा राख्नको लागि आईसियु बेड शुल्क प्रतिदिन १८ हजार र भेन्टिलेटरको थप १० हजार लाग्ने अस्पतालले विरामीको आफन्तलाई जानकारी गरायो । 


सिंह अस्पताल भर्ना भएको १८ दिन वितिसक्दा पनि अस्पतालले अवस्था नाजुक भएको भन्दै अझै आईसियु मै राखेर उपचार गर्नुपर्छ भन्ने दबाव दिईरहेको थियो । सिहंलाई आईसियुमा हुँदा भेट् पनि वञ्चीत गरिएको थियो । कहिलेकाहीको  भेटमा विरामी सिहं संचो भैइसक्यो भन्थे राम्रै सँग कुरा गर्थे । 


सिहंसँगै कोभिड संक्रमण देखिएर भेन्टिलेटरमै उपचार गराएका धेरै विरामीको कोभिड नेगेटीभ समेत भैईसके पछि विरामीका आफन्तलाई अस्पतालको क्रियाकलापप्रती शंका उत्पन्न भएको सिहंकी छोरी बताउँछिन् । उनि भन्छिन्, ‘बुवाले भेटमा राम्रैसँग कुरा गर्नुहुन्थ्यो । सञ्चो भैइसक्यो भन्नु हुन्थ्यो तर डाक्टरले अझै सञ्चो भएको छैन् । डिस्चार्ज गर्न मिल्दैन भनेर भन्नुहुन्थ्यो । हामीलाई अस्पतालको क्रियाकलापप्रती शंका लागेर आफन्तलाई पनि यो कुरा भनेका थियौँ ।’


सिहंको स्वास्थ अवस्था सामान्य जस्तै लागेपछि अस्पतालको गतिविधीबाट सशंकित बनेका आफन्तले विरामीलाई त्यहाँबाट अर्काे अस्पतालमा सार्ने निर्णय गरे । 


बैशाख ११ गते जब विरामीलाई अर्काे अस्पतालमा लिने कुरा भयो डाक्टरले अक्सिजन फ्लो २० मिटर रहेको भन्दै बाहिर लगे विरामीलाई जे पनि हुन सक्छ भनेर आतंकीत बनाएको सिहंकी छोरी बताउँछिन् । उनि भन्छिन्, डाक्टरले अक्सिजन फ्लो १८ देखि २० छ, बाहिर लिए जे पनि हुनसक्छ भने । हामीले लिने नै भनेर भनेपछि एकैछिनमा एकजना नर्स आएर लिने भए लिन सक्नुहुन्छ अक्सिजन फ्लो ५ मिटरमा झरेको छ विल तयार गर्दिन्छु भनिन् ।


डाक्टरले भर्खरै २० मिटर फ्लो छ भनेको अक्सिजन एकैछिनमा ५ मिटर कसरी आयो भनेर विरामीका आफन्त छक्क परेको सिंहकी छोरीले बताईन् । अस्पतालले अझै विरामीलाई थप आईसियुमा राख्नु पर्छ भनेकोमा शंका गरिरहेका थियौ यो कुराले हाम्रो शंका थप पुष्ट्रि हुने ठाउँ पाएको आफन्तको भनाई छ ।


विरामी किर्तिपुरको एक अस्पतालमा लिने  कुरा भएपछि आफन्तले विल मागे । उनिहरुलाई १२ लाख ८६ हजार ५ सयको विल थमाईयो । यति धेरै विल उठ्छ भनेर कल्पना समेत नगरेका सिहं परिवार विल हेरेर छाँगाबाट खसे झै भएको उनकि छोरी भन्छिन् । ‘हामीलाई सुरुमा अस्पताल भर्ना गर्दा जानकारी गराईएको भेन्टिलेटर र आईसियुको २८ हजार हो । त्यसमा थप ल्याब टेस्ट होला हामीले हिसाब गर्दा ६ लाख जति अनुमान गरेका थियौँ । तर, १२ लाख को विल उठेको देख्दा अचम्ममा परियो ।’


विल निकै धेरै उठेको भनेर विरामीका आफन्तले अस्पताल प्रशासनलाई जानकारी गराए । अस्पताल प्रशासनले व्यवस्थापक रन्जन खनालसँग कुरा गर्न भनेपछि उनलाई फोन गरेको विरामीका एकजना आफन्तले जानकारी गराए । 


कोभिड संक्रति इन्द्र सिहंका आफन्त रहेका समाजसेवी रवी सिहं अस्पतालका व्यवस्थापक खनालका साथि भएको थाहा भएपछि विरामीका आफन्तले रवि सिहंलाई समेत विल धेरै भएको भनेर जानकारी गराए । रबी सिहंले विरामीले दिन तयार भएको  ६ लाखमा थप दुईलाख थपे कुरा मिल्छ भनेर जानकारी गराए । 

विरामीले १० लाख तिरेको विल जसमा २ लाख  ५० छुट दिइएको छ  


‘रविन्द्र सिहं चिनेजानको मान्छे पनि भएकाले विश्वासको आधारमा विरामीलाई सर्वाङ्गमा भर्ना गरेका थियौँ तर उनले सहयोग गर्नुको साटो थप अस्पताल व्यवस्थापक कै पक्ष लिएर जर्वजस्ती पैँसा असुल्न लगाए । हामीलाई एक त विरामीलाई अनावश्यक रुपमा अस्पतालमा राखेर पैँसा असुल गरिरहेका छन् भनेर शंका थियो अर्काे रविन्द्रले उल्टै अस्पतालको पक्ष लिएर थप दुई लाख थपे कुरा मिलाई दिन्छु भने । हामीलाई त रविन्द्र र अस्पताल मिलेर ठगि गरिरहेका रहेछन् भन्ने लाग्यो ।’ विरामी सिहंकी छोरीले भनिन् ।


अस्पतालले विरामीको अवस्था नाजुक भन्दै डिस्र्चाज गरेको थिएन । हामीले जर्वजस्ती गरेर विरामीलाई एम्बुलेन्समा राखेपछि पनि मेन गेट बन्द गरेर ४५ मिनेट जति भित्रै थुन्यो । हामीले ६ लाख ४० हजारको चेक बोकेका थियौँ थप दुई लाखको अरु दिए बाकी छुट गरिदिन्छौ भनेपछि आफन्तको बाट २ लाखको चेक दियौँ अनि हामीलाई त्यहाँबाट जान दिईयो । विरामी एक जना आफन्त भन्छन् । 


अस्पतालले विरामीका आफन्तले दिएको चेक १२ गते साटिनु पर्ने भन्दै दुई जना साक्षी राखेर कागज बनायो तर कुन- कुन शिर्षकमा कति रकम खर्च भयो भनेर भ्याट बिल माग्दा भने दिएन । अस्पताले केके औषधि प्रयोग गर्याे कति औषधि प्रयोग गर्याे भनेर पनि हामीलाई जानकारी गराएको छैन । विरामी सिहंकी छोरीले भनिन् ।

चेक वैशाख १२ गते साटिनु पर्ने भन्दै अस्पतालले बनाएको कागज

सर्वाङ्ग अस्पतालबाट विरामीलाई डिस्चार्ज गरेर किर्तिपुरको अस्पतालमा लिईसकेपछि त्यताको अस्पतालले दुई घन्टा जति आईसियुमा राखेपछि सिहंको स्वास्थ अवस्था सामान्य रहेको भन्दै नर्मल वार्डमा राखेर सामान्य अक्सिजन मात्रै दिएर उपचार गराई रहेकोछ । 

१८ दिनसम्म लगातार आईसियुमा राखेर उपाचार गराउँदा पनि स्वास्थ्य अवस्थामा कुनै पनि प्रगति नल्याएको सर्वागं अस्पालबाट किर्तिपुरको अस्पतालले दुई घण्टा मै स्वास्थ्य अवस्था कसरी सामान्य हुनसक्छ? 

सर्वाङ्ग अस्पतालले विरामीको अवस्था नाजुक रहेको भनेर अझै आईसियु मै राखेर उपचार गर्नुपर्छ भनेको सिहंको किर्तिपुरको अस्पतालले अवस्था सामान्य भएको भनेपछि सिहं परिवार ठगिएको भनेर मिडियामा आएकाछन् । 


अस्पतालका व्यवस्थापक रन्जन खनाल र रविन्द्र सिहंले योजना बनाएर नै विरामीलाई ठगि गरेको विरामीका आफन्तको आरोप छ । १२ लाख ८६ हजारको विल देखाएर ८ लाख मात्रै दिए पुग्छ भनेकोमा पनि विरामीका आफन्तहरु आफु ठगिएको दाबी गरिरहेकाछन् । कुनै पनि अस्पतालले ५० हजारसम्म छुट दिन सक्ला तर २ लाख ५० हजार छुट दियौँ भनेर कसरी छुट दिन सक्छ? विरामीका आफन्तले प्रश्न गरे । 

सर्वाङ्ग अस्पताल

विशेष