News

उपत्यकामा आजवाट कडाई, दाल चामल घरमै पुर्याईने

उपत्यकामा आजवाट कडाई, दाल चामल घरमै पुर्याईने

कोरोना संक्रमण कम नभएपछि काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाइ गरिएको छ । 

काठमाडौं उपत्यकाका तीनै जिल्लाका सिडिओले एक साता निषेधाज्ञा थपेका छन्। अब २० जेठसम्म सुरक्षाकर्मी परिचालन गरेर निषेधाज्ञा कडाइ गरिने छ।
 
आजबाट खाद्यान्न र किराना पसल पनि खोल्न पाइने छैन। यसअघि बिहान १० बजेसम्म खोल्न दिइएको थियो। त्यस्तै, डिपार्टमेन्ट स्टोरलगायतका अन्य पसलहरू पनि बन्द गरिएका छन्।

काठमाडौं उपत्यकामा तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरू मात्रै खोल्न पाइनेछ। ति पसल पनि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने छ।

खाद्यान्न आवश्यक परेर नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले घरमै पु¥याउने भएका छन्। तीनै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न आवश्यक परेमा नेपाल खाद्या व्यवस्था तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङमा सम्पर्क गर्न आग्रह गरेका छन्।

दुवै संस्थानले ‘होम–डेलिभरी’को व्यवस्था गरेका छन्। दाल, चालम, नून, तेललगायतका दैनिक उपभोग्य सामान घर पुगाइने दुवै संस्थानले जनाएका छन्। त्यसका लागि फोन सम्पर्क गरेर अर्डर गर्न सकिने जनाईएको छ ।


नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी
मोहनप्रकाश चन्द (प्रमुख कार्यकारी अधिकृत) ९८५१३२०३१४
भीमबहादुर थापा (विभागीय प्रमुख)  ९८५११३६७८५

ज्ञानु थापा (प्रादेशिक प्रमुख, थापाथली)  ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
उर्मिला श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत)  ९८५१०२२५६४
कुमार राजभण्डारी (नायब कार्यकारी अधिकृत)  ९८५१०३३३०३
सबल रिजाल (विभागीय प्रमुख)  ९८५१११३६६०
प्रज्वल प्रधान (अधिकृत) ९८४१३३२९९०, ९८१३२७२५६३


 

विशेष