News

धेरै विवादास्पद बनेपछि ओलीले फेरी फाले चुच्चे नक्साको राष्ट्रवादी कार्ड

धेरै विवादास्पद बनेपछि ओलीले फेरी फाले चुच्चे नक्साको राष्ट्रवादी कार्ड

प्रधानमन्त्रि केपी शर्मा ओलीले जेठ १४ गते राष्ट्रको नाममा सम्बोधन गर्दा नेपथ्यमा नेपालको निशान छाप राखिएको थियो । निशान छापमा रहेको चुच्चे नक्सालाई विषेश प्राथमिकताका साथ देखिने गरेर प्रस्तुत गरिएको थियो । 


यस अघि २०७७ असार ४ गते सरकारले संविधान संसोधन गर्दै भारतले मिचेको लिप्पु लेक, लिम्पियाधुरा तथा कालापानी सहितको चुच्चे नक्सा जारी गरेको थियो । ओलीलाई संकट परेको बेला वा उनि विवादमा परेको बेला राष्ट्रवादको कार्ड देखाएर ध्यानाकर्षण गर्ने नक्कली राष्ट्रवादी भएको आरोप लाग्ने गरेको छ । 


यद्यपी राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैतमा वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा समेटिएकोे चुच्चे नक्सा गायब भएपछि सामाजिक सञ्जालमा ब्यापक आलोचना भएको थियो । यसअघि विद्यालय तहको पाठ्यक्रममा पनि चुच्चे नक्सा प्रकाशित भएको थिएन । 


प्रधानमन्त्रि ओलीले जेठ १४ गते राष्ट्रको नाममा संबोधन गर्दा २ सय हेक्टर अतिक्रमण गरिएको जमिन फिर्ता ल्याएको दाबी गरेका थिए । ओलीले आफ्नो सम्बोधनमा २ सय हेक्टर अतिक्रमण भएको जमिन फिर्ता ल्याएको मात्रै भनेर विषयान्तर गरेका थिए । सम्बोधनमा उनले भारतको नाम भने लिन चाहेनन् ।


ओलीलाई जब जब संकटपर्छ उनले नक्कली राष्ट्रवादको कार्ड देखाएर जनमत बटुल्ने गरेको आरोप लाग्ने गरेको छ । नाकाबन्दिको समयमा भारत विरोधी भाषण गरेर राष्ट्रवादी छवि बनाएका ओली नेतृत्वको नेकपाले राम्रै मत पाएको थियो । लिप्पु लेक, लिम्पियाधुरा तथा कालापानी समेटिएको चुच्चे नक्सा जारी गरेर फेरी पनि ओली आफुलाई राष्ट्रवादी भएको सावित गर्न खोजेका थिए । यतिबेला पनि  चुच्चे नक्सा देखाएर फेरी राष्ट्रवादको कार्ड फ्याकेको विश्लेषकहरु बताउँछन् । 


चुच्चे नक्सा जारी भएको करिब २ वर्ष वितिसक्दा पनि भारतले कब्जा गरेको भुमि भने नेपालले फिर्ता गर्न सकेको थिएन नै नक्सामा थपिएको चुच्चो पनि बारम्बार गायब पारिने गरिएको थियो । 


सम्बोधनको अघिल्लो विहिबार पनि प्रधानमन्त्रि ओलीले बालुवाटारमा नेपालस्थित अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्र्तरक्रिया गर्दैे बर्षौ देखि भारतले अतिक्रमण गरेको भुमि फिर्ता ल्याउनका लागि भारतसंग वार्ता भईरहेको बताएका थिए ।

चुच्चे नक्सा

विशेष