News

प्रदेश २ सरकारको कामः सिडिओका लागि दमकल

प्रदेश २ सरकारको कामः सिडिओका लागि दमकल

हावाहुरीको समयमा हुने आगलागिलाई लक्षित गरी प्रदेश २ सरकारले सबै जिल्लालाई एक/एक वटा दमकल दिने भएको छ ।

हरेक वर्ष हुने आगलागीको समस्यालाई ध्यानमा राखेर प्रदेशका आठ वटै जिल्लालाई दमकल दिन लागिएको हो । त्यसका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले नौ वटा दमकल किनेको छ।

दमकल आठ वटै जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने र एउटा प्रदेश प्रहरी कार्यालयलाई दिनइने छ। एउटा दमकलको मूल्य ५३ लाख रुपैयाँ परेको मन्त्रालयले जनाएको छ।

सर्वसाधारणले भने एम्वुलेन्स खरिद गर्ने समयमा दमकल खरिद गरेको भन्दै आलोचना गरेका छन् । प्रदेश सरकारका मन्त्री र कर्मचारीको ध्यान खाली कमिशनमा रहेको भन्दै उनीहरुले आवश्यक्ताका आधारमा काम गर्ने प्रणालीको विकास हुनै नसकेको आरोप लगाएका छन् ।

विशेष