News

राजावादी भित्र गृहमन्त्री खोज्दै ओली !

राजावादी भित्र गृहमन्त्री खोज्दै ओली !

नेपालको राजनीतिक इतिहाँसमा प्रधानमन्त्री केपी शर्मा ओली चुतुर राजनीतिज्ञमा गनिन्छन्। भनिन्छ– आवश्यक्ता अनुसार ‘साम, दाम, दण्ड, भेद’ सवै खालका संयत्र र सुत्र परिचालन गर्न सक्ने खुवी छ–उनमा।

जानकारहरुका अनुसार आफ्नालाई काखी च्याप्ने र मन नपरेको मान्छेलाई अन्तिम अवस्थासम्म लखेट्ने उनको प्रवृत्ति छ। त्यसका लागि कसलाई प्रयोग गर्दा नतिजा आफनो पक्षमा पार्न सकिन्छ भन्ने उनलाई राम्रो ज्ञान छ।

यसैको नतिजाका रुपमा लामो समय वैंकमा जागिर गरेका युवराज खतिवडा अर्थमन्त्री भए। नेकपा/एमाले र त्यसभित्र पनि आफनै समुहका धेरै नेताहरुलाई पाखा लगाएर उनले खतिवडालाई अर्थ मन्त्रालयमा भित्र्याए। त्यति मात्रले नपुगेर उनले खतिवडालाई अमेरिकाको राजदुत नै वनाएर पठाए । उनले मन परेकालाई कसरी च्याप्छन भन्ने कुरा खतिवडालाई मात्र हेरेपनि पुष्टि हुन्छ ।

अर्कोतर्फ, एमाले भित्र वरिष्ठ नेता माधव नेपाल र पार्टी एकिकरणपछि पुस्पकमल दाहाल ‘प्रचण्ड’ समेतलाई ओलीले सिद्याउने प्रयत्न गरिरहे। अहिले पनि उनको प्रयत्न यिनै दुई पात्रलाई ठेगान लगाउनमै केन्द्रित छ। दाहाल–नेपाललाई ठिक ठाउँमा राख्न सके आगामी निर्वाचनमा परिणाम आफु अनुकुल ल्याउन सकिने उनको आँकलन छ। आफना निकटवर्तीहरुसँगको कुराकानीमा उनले यस विषयमा खुलेरै कुराकानी गर्ने गरेका छन् ।

ओलीको यहि प्रकरण अन्तर्गत केहि दिनअघि चर्चामा आएका हुन– पुर्व प्रधान सेनापति रुक्मांगद कट्वाल। सर्वोच्च अदालतले संसद नभएका ब्यक्तिलाई पटक–पटक मन्त्री वनाउन नमिल्ने भन्दै फैसला सुनाएपछि ओली सरकारमा रहेका पुर्व माओवादी नेता रामवहादुर थापा ‘वादल’ पुनः पदच्युत भए ।

हुन त गृहमन्त्री बन्न एमाले भित्र पनि एकसेएक नेता लाईनमा छन् । महासचिव इश्वर पोखरेल स्वयम गृहमन्त्री वन्न हरसम्भव प्रयास गरिरहेका छन् । तर, ओली भने यहि मौकामा आफु अनुकुल र निडर गृहमन्त्री वनाएर प्रचण्ड र माधवलाई ठेगान लगाउने योजनामा थिए। त्यसैले उनको नजर कटवालमा पुग्यो। कट्वाल स्वयमले पनि गृहमन्त्री वन्न पहल त गरे तर विवाद हुन थालेपछि उनी स्वयम्ले इन्कार गरे ।

प्रधानमन्त्री ओलीले कट्वाललाई गृहमन्त्री वनाउन खोज्नुका पछाडि पनि अर्थपुर्ण कारण छ। प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली सेनाका प्रधान सेनापति थिए– रुक्मांगद कट्वाल। दुवैका विचमा राम्रो तालमेल नभएपछि प्रचण्डले कटवाललाई हटाएर दोस्रो वरियताका बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई  प्रधान सेनापति तोकिदिए। तर, कट्वालले जिम्मेवारी छोड्न मानेनन्। त्यसैले २० वैशाख २०६६ मा एकै दिन नेपाली सेनाले ‘दुई प्रधानसेनापति’ पायो। 

सरकारी आदेश पालना नगरेर सेनापति कटवाल नागरिक नियन्त्रणबाट बाहिर जान खोजेको आरोप सत्तारुढ दलको थियो भने कटवालले पनि माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । र, विपक्षी दलको समर्थन आफ्नो पक्षमा जुटाए ।

त्यसै दिन साँझ राष्ट्रपति रामवरण यादवले समेत कटवाललाई पत्र लेखेर पद नछाड्न र प्रधानमन्त्रीले दिएको निर्देशनको उल्लंघन गर्न भनेपछि प्रकरण उत्कर्षमा पुग्यो । अन्ततः तत्कालीन सरकार प्रमुख प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ले राजीनामा दिनुप¥यो ।

यहि प्रकरणका कारण कटवाल गृहमन्त्रीका लागि ओलीको रोजाईमा परेका हुन। तर, विवाद वढ्दै गएपछि कटवाल पछि सरेकाले ओलीको योजना पुरा हुन पाएन।

तर, ओली यति मै निच मारेर नवस्ने विश्लेषकहरु वताउँछन्। ओलीले अव गृहमन्त्रीका लागि राजावादीभित्र खोजी सुरु गरेको उनीहरुको भनाई छ। राजावादीवाट गृहमन्त्री वनाउँदा उक्त समुहलाई समेटेको र मर्यादा राखेको देखिने तथा आफनो योजना अनुसार प्रचण्ड र माधवलाई साईजमा राख्न पनि सकिने भएकाले ओलीले राजावादीहरुको विचमा खेल्न सुरु गरिसकेको उनीहरु वताउँछन् । 

राजावादी भित्र पनि उपर्युक्त ब्यक्तिको खोजी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको नाम पनि गृहमन्त्रीको चर्चामा रहेको जानकारहरु वताउँछन् ।

जनआन्दोलनका समयमा थापा नै गृहमन्त्री थिए । उनले राजनीतिक दलहरुलाई ठेगान लगाउन सकेसम्मको तागत लगाएको नेताहरु वताउँछन् । उनले राजनीतिक दल र तिनका नेताहरुलाई ठेगान लगाउने तानावाना वन्दै गर्दा कपी ओली भने ‘वयल गाडा चढेर अमेरिका पुगिंदैन’ भन्दै निच मारेर वसेका थिए ।

त्यसैले प्रचण्ड–माधवलाई तह लगाउन थापा पनि एक पात्र हुन सक्ने भएकाले ओलीको रोजाईमा थापा पर्न सक्ने सुत्रको दावी छ। थापालाई गृहमन्त्री वनाउने विषयमा आन्तरिक छलफल र तयारी समेत भईरहेको र त्यहाँ कुरा नमिले अन्य विकल्प समेत खोजी भईरहेको श्रोत वताउँछ। 

केपी शर्मा ओली पुस्पकमल दाहाल ‘प्रचण्ड’ रुक्मांगद कट्वाल गृहमन्त्री खोज्दै ओली

विशेष