News

नेकपाको अस्तित्व सिद्याउने न्यायाधीस प्रतिनिधिसभा विघटनबिरुद्ध फैसला सुनाउने इजलासमा !

नेकपाको अस्तित्व सिद्याउने न्यायाधीस प्रतिनिधिसभा विघटनबिरुद्ध फैसला सुनाउने इजलासमा !

प्रतिनिधसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा लागि बहस सुरु भएको छ । इजलासमा फागुन २३ गते नेकपाको अस्तित्व सिध्याउने मध्येका न्यायाधीश बमकुमार श्रेष्ठ पनि छन्।

यसैगरी, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश दीपकुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसी पनि छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बहस गर्न प्रधानन्यायाधिसले ‘टाइम कार्ड’ लागू गरेका छन् । प्रत्येक अधिवक्तालाई १० मिनेटको समय तोकिएको छ।

यसअघि पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा परेको मुद्दामा बहस गर्दा एकजना अधिवक्ताले नै घण्टौं समय लिएका कारण सुनुवाइ लम्बिएको थियो। त्यसैलाई मध्यनजर गर्दै यसपटक सुरुबाटै बहसको समय सीमा तोकेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो। अधिवक्ता सन्तोष भण्डारीले बहस सुरु गरेका छन्।
 

संवैधानिक इजलास प्रतिनिधसभा विघटनसम्बन्धी मुद्दा

विशेष