News अपराध सुरक्षा

नेपाल प्रहरीका एसपिले नै महिला प्रहरीलाई दुर्ब्यवहार गरेपछी...

नेपाल प्रहरीका एसपिले नै महिला प्रहरीलाई दुर्ब्यवहार गरेपछी...

महिला प्रहरीमाथि उत्पीडन गरेको आरोपमा बेलचौतारा गण,तनहुँका एसपी दयानिधी ज्ञवालीमाथि अनुसन्धान शुरु भएको छ । उनीविरुध्दको उजुरी सम्बन्धित महिला प्रहरी कर्मचारीबाट प्रहरी प्रधान कार्यालयले प्राप्त गरेको हो ।

पीडित भनिएकी महिला प्रहरी आफैँ निवेदन बोकेर प्रहरी हेडक्वार्टर नक्साल पुगेकी थिइन् । अहिले त्यहि निवेदनलाई अनुसन्धानको केन्द्र बनाइएको बुझिएको छ ।

कोरोना महामारीका कारण उत्पीडनको आरोप लागेका एसपीलाई बोलाएर बयान लिने योजना पनि हेडक्वार्टरले बनाएको स्रोतको दाबी छ । अहिलेसम्मको हिसाबले बदनियत देखिएकै छ । उच्च स्रोत भन्छ,‘यसमा नेतृत्व संवदेनशील छ ।’

ज्ञवालीको विगत बताउँदै स्रोत भन्छ,‘इन्स्पेक्टरदेखि नै काण्डै काण्डमा संलग्न मान्छे हुन् । उनको पछिल्लो उत्पीडनबारे समाचार बाहिर आएपछि एसपीले प्रहरी प्रवक्ता वसन्त कुँवरसँग संगठनको गोपनीयता कसरी बाहिर गयो भनेर सोधेको बताइन्छ ।

प्रहरी प्रधान कार्यालय भने कोरोना महामारीमा समेत आरोपको प्रमाण जुटाउन लागि परेको देखिन्छ । स्रोत भन्छ ‘हामीले प्रमाण जुटाउने हो । स्पस्टिकरण सोध्ने तयारी छ । त्यसपछि जे ठहर्छ त्यहि हुने हो ।’

यसअघि उनका धेरैवटा लफडा राजनीतिक ढाकछोप र प्रयासबाट जोगिएको थियो । अहिले भने त्यस्तो हुन नसक्ने ऊजुरीकर्ताको प्रस्तुतिबाटै देखिएको बताइन्छ । प्रहरी प्रमुख स्वयं यस्ता कुरामा निडरतापूर्व छानबिन गर्नुपर्ने अडानमा रहेकाले ज्ञवालीलाई यस पटकको काण्ड निकै महँगो पर्ने स्रोतको दाबी छ ।
–जनआस्था

कोरोना महामारी एसपी दयानिधी ज्ञवाली उत्पीडनको आरोप

विशेष