News

विवेकशीलका संस्थापक अध्यक्ष थापा कोरोनावाट गम्भिर, उपचारका लागि चन्दा

विवेकशीलका संस्थापक अध्यक्ष थापा कोरोनावाट गम्भिर, उपचारका लागि चन्दा

कोरोना संक्रमण भएको विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । थापालाई काठमाडौंको ग्राण्डी अस्पतालवाट आज विहान मेडिसिटिमा सारिएको छ।

डाक्टर विश्व दवाडीले थापाको अवस्था स्थिर रहेको बताए। थापालाई कोरोना र निमोनिया देखिएको उनको भनाइ छ।

करिब दुई साताअगाडिदेखि उनी ग्राण्डी अस्पतालमा उपचाररत थिए। इक्मो थेरापी नेपालको मेडीसीटी अस्पतालमा मात्र उपचार हुने गरेको छ ।

केही दिन अघिदेखि उनलाई हाइफ्लो अक्सिजनमा राखिएको थियो । अक्सिजन दिँदा पनि काम गरेको छैन । उनलाई १४ दिन अघि कोभिड–१९ संक्रमण देखिएको थियो । दवाडीका अनुसार उनलाई दीर्घ रोग छैन । करिब ४५ वर्षका थापा सहजै हिँडडुल गरिरहेक थिए । 

यसैबीच थापाको स्वास्थ्य उपचारका लागि गोफन्डलगायतबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन्।

साथै खल्ती र ईसेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उल्लेख छ। 

विशेष