News

ओलीको एमाले गुटै गुटको

ओलीको एमाले गुटै गुटको

प्रधानमन्त्रि केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले गुटै गुटले भरिएको विश्लेषकहरु बताउँछन् । ओली नेतृत्वको एमालेमा छर्लङ्ग  देखिने ११ वटा गुट रहेको विश्लेषण गरिएको छ । 

यी हुन् ओली नेतृत्वको एमालेमा रहेका गुटहरुः
सुवासचन्द्र नेम्वाङको गुटः


सुवासचन्द्र नेम्वाङ जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उनले कानुनमा स्नातक (बीएल) गरेका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए । त्यसअघि २०४८ र २०५२मा गरी दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी सम्हाले नेम्वाङ २०५६ को संसदीय निर्वाचनमा विजयी भएका थिए । नेम्वाङले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष भएर समेत काम गरेकाछन् । दोस्रो संविधानसभा निर्वाचनमा इलामबाट निर्वाचित हुनुभएका नेम्वाङको आदीवासी जनजातीको उच्च तहमा पुगेका नेता हुन् ।

 
ओली नेतृत्वको नेकपा एमालेका दुई शिर्ष नेताहरु इश्वर पोखरेल र सुवास नेम्वाङ्गको आन्तरिक लडाई पनि रहेको टिप्पणी हुने गरेकोछ ।  निवर्तमान उपप्रधानमन्त्रि इश्वर पोखरेलले नेम्वाङलाई प्रधानमन्त्री हुनबाट रोकेको भन्दै नेम्वाङ्ग पनि प्रतिवादात्मक कुटनैतिक जवाफ फर्काएको भनेर केहि दिन अघि चर्चा चलेको थियो । नेम्वाङ्गले पोखरेललाई गृहमन्त्री हुनबाट रोकेको र  नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को भुमिकाबाटै च्युत गरिदिएको विश्लेषण गरिएको थियो । नेम्वाङको गुटमा केहि आदिबासी जनजाती नेताहरु रहेको विश्लेषकहरु बताउँछन् । नेम्वाङले बारम्बार पार्टी भित्रका आदिबासी जनजाती नेताहरुलाई उचालेर रडाको मचाउने गरेको निकटतम स्रोत बताउँछ ।


इश्वर पोखरेलको नेतृत्वको गुटः


ओली नेतृत्वको एमालेका महासचिव इश्वर पोखरेल निर्वतमान उपप्रधानमन्त्रि पनि हुन् । दोस्रो संविधानसभाको चुनावमा काठमाडौँ–५ बाट सांसद बनेका पोखरेल पुर्व रक्षा मन्त्री हुन् । पोखरेल बाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय सदस्य पनि हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र भएका थिए । 


२०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकतापश्चात् गठित एकीकृत पार्टीको महासचिवमा एमालेले एकाएक विष्णु पौडेललाई अगाडि ल्याएपछि धेरैले अचम्म मानेका थिए । नवौं महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेललाई आउट गरी उपमहासचिव पौडेल शक्तिशाली कम्युनिष्ट पार्टीको महासचिवका रुपमा उदाएपछि अचम्म लाग्नु स्वाभाविकै थियो ।

झन्डै दुई तिहाई मतसहित सरकारको नेतृत्व गरेको शक्तिशाली पार्टीको महासचिवका रुपमा पौडेलले पुग नपुग दुई वर्ष पार्टीमा मज्जैले स्थान लिनुभयो । तर अदालतको निर्णयपछि २०७५ जेठ २ मा पुगेको एमालेमा पनि अप्रत्यक्ष रुपमा पौडेल नै महासचिवका रुपमा सक्रिय देखिनुहुन्छ । यद्यपि अरु सबैका पद खोसिँदा पनि ईश्वर पोखरेलको पद भने कायमै छ ।


एमालेको अहिलेको अन्तरसंघर्षमा पोखरेल र पौडेल ओलीकै साथमा हुनुहुन्छ । एमालेको नवौँ महाधिवेशनमा दुबैले ओली प्यानलबाट जितेको भए पनि पौडेललाई अध्यक्ष ओलीको आशिर्वाद धेरै मिलेको प्रष्ट छ । ओलीलाई खुशी बनाउन पोखरेलले जति पापड बेले पनि उहाँ आफ्नै कारणले सफल बन्न नसकेको एमाले वृत्तमा चर्चा छ ।
पौडेल भने पोखरेलको ठीक विपरित स्वभावका हुनुहुन्छ । यहि शैलीका कारण उहाँ पार्टीमा हावी हुँदै जाँदा कडा बोल्ने र अरुलाई चिढ्याउने तथा आरिसे स्वभावका कारण पोखरेल पछि परेको बताइन्छ ।


गोकुल बास्कोटाको गुटः


पार्टीभित्र गोकुल बास्कोटा केपी ओलीका ‘कोर गु्रप’का सदस्य हुन् । ओली कुनै समय पार्टीभित्र निकै कमजोर र एक्लो भएका बेला पनि गोकुलले साथ नछाडेका कारण पनि उनीप्रति प्रधानमन्त्रीको अतिरिक्त प्रेम व्यक्त भयो ।


काभ्रेबाट पहिलोपटक सांसद जितेका बास्कोटालाई ओलीले सञ्चार राज्यमन्त्री हुँदै फूलमन्त्रीमात्र बनाएनन् पार्टीको केन्द्रीय सदस्य पनि बनाए ।
संयोग नै मान्नुपर्छ, २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरिबाट सबैभन्दा बढी लोकप्रिय मत पाएर जित्ने पहिलो नम्बरमा केपी ओली हुँदा गोकुल दोस्रो नम्बरमा थिए । ओलीले झापा ५ बाट ५७ हजार १३९ मत पाएर जितेका थिए भने बास्कोटाले काभ्रे २ मा ५५ हजार ५२६ मत पाएर विपक्षीभन्दा करीव २० हजारको मतान्तरमा बिजयी भएका थिए । 


पार्टीभित्र अरु गुटको कुरा नगरौं, ओली गुटभित्रै पनि गोकुलको प्रगति र उनीप्रति प्रधानमन्त्रीको अतिरिक्त भरोसामाथि आरिस भइरहेको थियो । अझ प्रधानमन्त्रीले बालकोटको आफ्नै घरलाई मन्त्री बास्कोटाको क्वार्टर बनाइदिएपछि शक्तिकेन्द्रहरु पनि प्रधानमन्त्रीसम्म पुग्न वा प्रधानमन्त्रीको नजरमा पर्न गोकुलसँग नजिकको सम्बन्ध राख्न चाहान्थे ।

 

मन्त्री बनेपछि गोकुलको प्रभाव बढिरहेको थियो । छुच्चो बोल्ने र विपक्षीप्रति प्रधानमन्त्री भन्दा कठोररुपमा प्रस्तुत हुने शैलीबाहेक गोकुलको आचरणप्रति खासै प्रश्न उठेको थिएन । मन्त्रीका रुपमा उनले मन्त्रालयका आन्तरिक कामहरु निकै अघि बढाएका थिए । कार्य सम्पादनमा उनको नम्बर अब्बल नै थियो ।


महेश बस्नेतको गुटः


महेश बस्नेतले एमाले भित्रका अराजक युवाहरुको जत्था सम्हालेको विश्लेषण गरिन्छ । कुनै समय बस्नेतले विराटनगरका गुण्डानाइके तथा नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतलाई सार्वजनिक समर्थन दिएका थिए । यिनले पर्शुराम समाचारको विषयलाई लिएर बस्नेत माथिको आरोप फिर्ता लिनुपर्ने भन्दै नागरिक दैनिकलाई बन्द गरी नारायण वाग्लेलाई जेलचलान गर्ने धम्की समेत दिएका थिए । बस्नेत सुशील कोइरालाको मन्त्रीपरिषदमा नेपालको उद्योग मन्त्री पदभार सम्हालेका थिए ।


राम बहादुर थापा बादलको गुटः


पुर्व गृह मन्त्री रामबहादुर थापा बादल नेपाल कम्युनिष्ट पार्टी को केन्द्रीय सचिवालयका सदस्य थिए । २०७४ मा वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका बादल सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनले माओवादी छोडेर एमाले प्रवेश गरेपछि उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए । २०७८ जेठ ६ मा भएको उपनिर्वाचनमा एमालेको उम्मेदवार भएका थिए । तर विपक्षी गठबन्धनको उमेदवार डा. खिमलाल देवकोटासंग पराजित भएका बादललेको एउटा गुट रहेको विश्लेषण गरिन्छ ।


लेखराज भट्टको गुटः


२०७४ को संघिय निर्वाचमा नेकपाबाट उम्मेद्धार रहेका भट्ट उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रहेका थिए ।  सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनले माओवादी छोडेर एमाले प्रवेश गरेपछि भट्ट सांसदको पद मुक्त भएका थिए । 

शंकर पोखरेलको गुटः


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल  नेकपा एमालेको स्थायी कमिटी सदस्य शङ्कर पोखरेल हुन् । पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ओली नेतृत्वको एमालेमा रहेका पोखरेल र महासचिव विष्णु पौडेल विच राजनितिक टकराव रहेको विश्लेषण गरिन्छ । पोखरेल र पौडेलले एकले अर्कालाई गन्दैनन् । दुबैले ओलीको चाप्लुसीमा प्रतिश्पर्धा गरेर ओलीको पृय बन्न खोज्ने विश्लेषकहरु बताउँछन् । 
 


योसँगै प्रभु शाह, सत्यनारायण मण्डल तथा शेरधन राईको पनि ओली नेतृत्वको एमाले भित्र अलग अलग गुट रहेको विश्लेषण गरिन्छ । यी मध्ये शेरधन राई राष्ट्रपति विद्या देवी भण्डारीबाट परिचालित मानिन्छन् ।  
 

विशेष