News

पूर्ण वजेट ल्याउँदै सरकार, राष्ट्रपतिद्वाराबजेट अध्यादेश जारी 

पूर्ण वजेट ल्याउँदै सरकार, राष्ट्रपतिद्वाराबजेट अध्यादेश जारी 

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ३ वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

कार्यालयद्वारा जारी सुचनामा राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेको जनाईएको छ ।

प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको छ । 

सरकारले प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट पूर्ण वजेट ल्याउन नमिल्ने मान्यता छ। मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याउने भएको हो ।

विशेष