कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि यस्ता छन् राहत कार्यक्रम

सरकारले आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि राहत कार्यक्रम घोषणा गरेको छ।
शनिवार अध्यादेशमार्फत् ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न कार्यक्रम घोषणा गरेका हुन्।
कार्यक्रममा २० हजार लिटर खानेपानीको महशुल छुट, सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट, खानेपानी तथा सिंचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट, निषेधाज्ञा अवधिमा ग्रास्थ बिजुली उपभोक्तालाई महशुलमा छुट र होटलाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा घोषणा गरिएको छ।
यसैगरी, होटलले आइसोलेस सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने, कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान, विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटम किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण, सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने, व्यवसाय निरन्तरता कर्जा निरन्तर हुनेलगायतका कार्यक्रम घोषणा गरिएको छ ।
यस्तै, सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा पचास प्रतिशत भाडा छुट, पुर्नकर्जा अझै विस्तार हुने, सहुलियत कर्जा पनि निरन्तर हुने, सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज, १ अर्बको च्यालेञ्ज फण्ड लगायतका राहतका कार्यक्रम घोषणा गरिएको छ ।