शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सम्म ऋण दिने ब्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्नातक र सो भन्दा माथिको अध्ययन गर्ने विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिने घोषणाा गरेका हुन । ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत मात्र हुनेछ ।
सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पु¥याउन एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म ऋण दिने छ । २ वर्षसम्मका लागि पाइने यस्तो यस्तो ऋण १ प्रतिशत ब्याजमा पाईने छ ।
१६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निस्शुल्क उपलब्ध गराइने भएको छ। सामुदायिक विद्यालयमा ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने घोषणा पनि बजेटमा गरिएको छ।
आगामी दुई बर्ष भित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।