News Breaking News मुख्य समाचार देश राजनीति

ठाकुर र महताे आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भए

ठाकुर र महताे आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भए

काठमाडौं । उपेन्द्र यादवकाे दम्भका कारण फुटकाे संघारमा पुगेकाे
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भएका छन् । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन ।

जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई व्यूताउने भएका छन् । जसपाको ५० सदस्यिय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् । तर,संसदीय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद उभिएका थिए ।
राजपाको चुनाव चिन्ह भने हातको पन्जा हुने भएको छ । ठाकुर निकट स्रोतले दिएको जानकारीअनुसार राजपा बुधवार नै दर्ता गर्ने तयारी भएपनि सार्वजनिक विदा भएको कारण रोकिएको थियो । जसपाको केन्द्रिय कार्यकारिणीमा बहुमत जुटाउनको लागि अशोक राई र इस्तियाक राई लगायतका नेताहरुसँग ठाकुरले निरन्तर छलफल गरेपनि प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गर्ने निष्कर्शमा ठाकुर पक्ष पुगेको हो ।

यससँगै प्रतिनिधिसभाको दोस्रो पटक विघटन भएपछि सरकारमा जाने तयारी गरेको ठाकुर पक्ष केही दिन अदालतको फैसला कुरेर मात्र सरकारमा जाने भएको छ ।

विशेष