News राजनीति प्रदेश ७

बुहारी जान्ने हुँदा सुदुरपश्चिममा प्रचण्डप्रति आक्रोश !

बुहारी जान्ने हुँदा सुदुरपश्चिममा प्रचण्डप्रति आक्रोश !

सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री त्रिलोचन भटट्को नेतृत्वमा जेठ १४ गते ११ सदस्यीय मन्त्री मण्डल विस्तार गरेको छ ।

 

नव गठित मन्त्री मण्डलमा एकछत्र एमालेका मन्त्रीहरु मात्रै समावेश गरिएको भन्दै कार्यकर्ताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्काे आलोचना गरिरहेका छन् । अहिलेको मन्त्रीमण्डल हेरफेरबाट सुदूरपश्चिमको पूरै माओबादी पंक्ति तरंगित भएकोछ । 

प्रदेश मन्त्रिमण्डलमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्रै माओवादी केन्द्रको कोटामा पर्दा कार्यकर्ताहरु प्रचण्ड प्रति आक्रोशित भएकाछन् । 

मुख्य मन्त्रि त्रिलोचन भट्टकै पद जोगाउनका लागि माओवादी केन्द्रले धेरै मन्त्रालय गुमाएको कार्यकर्ताहरुको गुनासो छ । अहिले विस्तारित मन्त्रिमण्डलमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी र भुमि व्यवस्था, कृषि तथा सहकारी व्यवस्था मन्त्रि विनिता चौधरी गरी दुई वटा मन्त्रालय माओवादी केन्द्रले पाएको छ । माओवादी केन्दै्रबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार नियुक्त भएकाछन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा मुख्य मन्त्री भट्ट सहित ११ वटा मन्त्रालय मध्ये माओवादी केद्रले ४ वटा मात्रै मन्त्रालय पाएकोछ । माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित र समानुपातिक गरि १३ जना सांसदहरु रहेकाछन् । जसमध्ये वरियता क्रममा सबैभन्दा सिनियर नेता विरभान चौधरी मानिन्छन् । कैलालीबाट निर्वाचित चौधरी संविधान सभा सदस्य पनि हुन् । यो पटकको मन्त्रि मण्डल विस्तारमा दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर धामी र विरभान चौधरीलाई मन्त्रिमण्डलमा समावेश गरिनने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन । मुख्य मन्त्रि त्रिलोचन भट्ट भन्दा पनि सिनियर मानिएका चौधरी मन्त्रि मण्डलमा नपर्दा कार्यकर्ता तहमा आक्रोश र निराशा छाएको छ । 

 

मुख्य मन्त्रि भट्टकै पद जोगाउन प्रचण्डले धेरै मन्त्रालय एमालेलाई सुम्पेको भन्दै आलोचना समेत भएको छ । सुदूरपश्चिम प्रदेशमा विरभान चौधरी मुख्य मन्त्री भट्ट भन्दा पनि सिनियर नेता मानिन्छन् । 


सुदूरपश्चिम प्रदेश इन्र्चाज लेखराज भट्ट बाहिरिएपछि प्रचण्डले बुहारी बिना मगरको निर्देशनमा मात्रै काम गरिरहेको कार्यकर्ताहरुको गुनासो छ । प्रचण्ड बुहारी बिनाकै कारण लेखराज बाहिरिएको विश्लेषण गरिन्छ । बिना प्रचण्डको बुहारी भएकै कारण फुत्त शक्ति केन्द्रको नजिक पुगेको र प्रचण्ड पनि बिनाकै सल्लाहमा चलेको विश्लेषण गरिन्छ । 


पुर्व संविधान सभा सदस्य समेत रहनु भएकी मन्जु बमले प्रचण्डलाई सम्बोधन गर्दै लेखेकीछन्, ‘कमरेड प्रचण्ड अब त निद्राबाट बिउझनुस् । तपाई कस्को बैसाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ? निश्चित पनि सुदुरपश्चिमको पार्टी  इन्चार्ज विहिन हुदा तपाईं नै सुदुरपश्चिम प्रदेश ईन्चार्ज हो । यहाँको पार्टीलाई जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने इमान्दार कार्यकर्ता लाई किनारा लगाएर वारम्बार तपाईको वरिपरि परिक्रमा गर्ने एकदुईजनाले भनेको भरमा पार्टी  चलाउने कि अधिकांश नेताकार्यकर्ताको पनि सुझाव लिने? तपाईले सुदुरपश्चिमलाई हदै सम्म हेप्नु भो हिजो लेखराजका एकलौटी कुरा सुन्नु भो र इमान्दार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिनु भो आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ ।


एक दिन अवश्य पछुताउनु पर्ने छ जुन दिन निकै ढिलो भैई सकेको हुनेछ । भिरबाट हामफाल्नेलाई राम राम त भन्न सकिएला काध थाप्न त सकिँदैन...’
मन्त्रि मण्डल विस्तारमा असुन्तुलन भएको सुदूरपश्चिम प्रदेशका माओवादी केन्द्रका सहइन्चार्ज रहेका नेता खगराज भट्टको पनि निष्र्कस छ । ‘मन्त्रि मण्डलमा नियुक्त सबै साथिहरु योग्य र वधाईका पात्र छदैछन, उहाँहरुलाई सफलताको शुभकामना तर विधि पद्धतिको नौटंकी र सुदूरपश्चिमलाई हेप्ने मामलामा कुनै पनि पार्टीका शिर्ष नेताहरु कोही भन्दा कम रहेनछन् ।’ भट्टले फेसबुकमा लेखेकाछन् । 


पार्टीमा जनयुद्धकालदेखि नै अग्रपंतिमा खटेका र वरियताक्रममा पनि सिनियर नेता विरभान चौधरी मन्त्रिमण्डलमा समावेश गर्न नसकिनुमा नेतृत्वको असन्तुलित भुमिका रहको माओवादी केन्द्रका नेता तथा पुर्व संविधान सभा सदस्य जनक बुढा बताउँछन् । 

सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर माओवादी केन्द्र बझाङ्ग जिल्ला पार्टी अध्यक्ष मिन बहादुर कुवँर विश्वासले असन्तुष्टि व्यक्त गरेकाछन् । विश्वासले फेसबुकमा लेखेकाछन्, 'केही दिन अगाडि मात्र अध्यक्ष कमरेडको निजि सचिवालय मार्फत पार्टीको आगामी  राजनीतिक कार्यदिशा, संगठनात्मक विधि, प्रकृया, कार्यशैली र आचरण बारे सुझाव इमेल मार्फत माग गरिएको थियोे । म जस्तै र म भन्दा सिनियर देशै भरिका करेडहरुले शुझावहरु अबश्य दिनु भएको होला । हामीलाई आशा थियो नेतृत्व को कार्यशैलीमा पक्कै पनि अब केही सुधार आउला जनता र कार्यकर्ता को भावना बुझेर निर्णयहरु हुनेछन । तर त्यसको कुनै आभास नै नहुनु निकै दुःखद छ ।’


यो संगै सुदूरपचिम प्रदेशमा संवैधानिक आयोग तथा विभिन्न परिषदमा पनि एकलौटी एमाले निकट व्यक्तिहरुमात्रै समावेश गरेर पार्टी भित्र असन्तुलन बनाएको भन्दै कार्यकर्ताहरुले गुनासो गरिरहेकाछन् ।  
 

प्रचण्ड

विशेष