News स्वास्थ्य विदेश

खोपका लागि अमेरिकी राष्ट्रपति जो वाईडेनलाई राष्ट्रपति भण्डारीको पत्र

खोपका लागि अमेरिकी राष्ट्रपति जो वाईडेनलाई राष्ट्रपति भण्डारीको पत्र

कोरोनाले सर्वसाधारण नागरिकको वेहाल हुन थालेपछि खोपका लागि राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीको सकृयता वढेको छ । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाउँदै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइ दिन आग्रह गरेकी छिन् ।

अमेरिकास्थित नेपाली राजदूत डाक्टर युवराज खतिवडाले खोप आपूर्तिका लागि अनुरोध पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले जनाएको छ ।

खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई राष्ट्रपति भण्डारीले पठाएको पत्र बुझाएका छन् । जवाफमा मासिंगाले जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्विपक्षीय संयन्त्रमार्फत खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको दूतावासले जनाएको छ ।

नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत खोप ल्याउन चाहेको जनाईएको छ । विशेषगरी अमेरिकाले चाँडै विभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ ।

यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरको छन भने खोप खरिदका लागि पनि आवश्यक सहजीकरण गरिदिने वचन दिएका छन् । राष्ट्रपछि सि जिनपिङले अनुदानमा दिने भनेको चिनियाँ खोप लिन मंगलवार नेपाली जहाज त्यस तर्फ जाने तयारी छ । 

विशेष