News राजनीति

जवाफ नदिएपछि महन्थ–राजेन्द्रलाई दोहोर्याएर स्पष्टिकरण

जवाफ नदिएपछि महन्थ–राजेन्द्रलाई दोहोर्याएर स्पष्टिकरण

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहित चार जना नेतालाई पार्टीको बहुमत पक्षले दोहोर्याएर स्पष्टीकरण सोधेको छ।
 
पार्टी अध्यक्ष ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्लहितका नेतालाई स्पष्टिकरण सोधिएको हो  । उनीहरुलाई केपी ओलीको संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगमनकारी कदमलाई किन साथ दिएको, गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको, छुट्टै कार्यालय किन सञ्चालन गरेको, पार्टीको निर्णय बिना राष्ट्रपतिलाई किन पत्र लेखेको, राजेन्द्र महतोलाई किन संसदीय दलको नेता बनाएको÷बनेको लगायतका प्रश्नहरुसहित स्पष्टीकरण सोधिएको छ।

उनीहरुलाई यसअघि गत जेठ ११ गते पनि स्पष्टीकरणको थियो । जवाफ नआएपछि पुनः स्पष्टीकरण सोधिएको हो। 

विशेष