News

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचार सरकारले गर्ने

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचार सरकारले गर्ने

सरकारले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचार गर्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्था चासो राख्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् ।

आइतबार थापाकी आमा शान्तालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका थिए। सरकारले उनको उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको पोखरेलले जनाएको उनको सचिवालयले जनाएको छ । 

उपप्रधानमन्त्री पोखरेलले आजै थापा उपचाररत मेडिसिटी अस्पतालका चिकित्सकहरूसँग टेलिफोन गरेर स्वास्थ्य अबस्था बारे जानकारी लिएका छन् । 
 

विशेष