News अर्थ

कुन प्रदेशमा कति हुँदैछ वित्तीय हस्तान्तरण ?

कुन प्रदेशमा कति हुँदैछ वित्तीय हस्तान्तरण ?

सरकारले आगामी आर्थिक वर्ष प्रदेशका लागि हस्तान्तरण गर्ने वित्तीय वजेटको सर्वत्र चासो छ। समान्नीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी सरकारले प्रदेशमा वित्तीय हस्तान्तरण गर्दछ ।

यस अन्तर्गत प्रदेश १ मा यस वर्ष १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण हुदैछ। चालुमा ७४ अर्ब २२ करोड १७ लाख रुपैयाँ र पुँजीगततर्फ २९ अर्ब ४८ करोड ८ लाख छ। 

आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश १ मा सर्वाधिक १६ अर्ब २९ करोड ३६ लाख, दोस्रोमा लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड २५ लाख र तेस्रोमा कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

प्रदेश २ मा १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ, बागमती प्रदेशमा १४ अर्ब ७२ करोड ६८ लाख, गण्डकी प्रदेशमा १३ अर्ब २ करोड ९७ लाख, र सुदूरपश्चिम प्रदेशलाई १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ हस्तान्तरण गरिने छ।
 

विशेष