News विदेश स्वास्थ्य

भियतनाममा भेटियो ‘हावाबाट फैलने’ कोरोनाभाइरसको भेरिअन्ट

भियतनाममा भेटियो ‘हावाबाट फैलने’ कोरोनाभाइरसको भेरिअन्ट

भियतनाममा हावाबाट छिट्टै फैलने कोरोनाभाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। जुन भारतीय तथा यूके भेरियन्टको मिश्रित स्वरूपमा देखिएको बीबीसीले जनाएको छ।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले त्यसलाई ‘निकै खतरनाक’ भएको बताएका छन्। भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरियन्टहरू महत्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्।

सन् २०२० को जनवरीमा पहिलो पटक कोभिड–१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।

स्वास्थ्यमन्त्री गुयनले अहिले देखिएको भेरियन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताएका छन्। उनले भाइरसको यस भेरियन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन्।
 

विशेष