News स्वास्थ्य

नेपाल आज प्रभावः सर्वाङ्ग अस्पतालमा स्वास्थ कार्यालयको छापा 

नेपाल आज प्रभावः सर्वाङ्ग अस्पतालमा स्वास्थ कार्यालयको छापा 

जेठ १३ गते नेपाल आजबाट प्रकाशित ‘सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल’ शिर्षकमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरको ध्यानाकर्षण भएकोछ । 

नेपाल आजबाट समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले जेठ १३ गतेबाट नै आवश्यक अुनसन्धान थालेको छ । अस्पतालबाट विरामीलाई भएको अन्यायका बारेमा आवश्यक छानबिन गर्न अनुसन्धान थालेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । उनले भने– ‘हामीले बिहिवार सूचना प्राप्त गरेपछि आवश्यक अनुसन्धानका लागि महानगरिय प्रहरी, जिल्ला स्वास्थ कार्यालय र सम्बन्धित अस्पताललाई पत्रचार गरेका छौँ । आज हाम्रो कार्यालयबाट पनि अनुसन्धानको टोली गएको छ ।’

आईतबार जिल्ला स्वास्थ कार्यालय ललितपुरले सर्वाङ्ग अस्पतालमा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अस्पतालको बारेमा आवश्यक अनुसन्धान गर्न पत्राचार गरेपछि कार्यलयका प्रमुख डा. खगेश्वर गेलालको नेतृत्वमा गएको टोलीले अस्पतालमा अनुगमन गरेको हो ।

सर्वाङ्ग अस्पतालमा अनुगमन गर्दै जिल्ला स्वास्थ कार्यालयको टोली 

अनुगमनपछि नेपाल आजसँग कुरा गर्दै कार्यालय प्रमुख गेलाले भने–‘हामीले विरामीको अवस्था कस्तो थियो ? कहिले भर्ना भएको हो ? कुन शिर्षकमा कति खर्च भएको छ ? भन्ने बारेमा अस्पतालसँग सबै कागज माग गरेका छौ ।’

कुपन्डोलका इन्द्र सिहंलाई बैशाख २६ गते कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि आफन्तले सर्वाङ्ग अस्पतालमा भर्ना गरेका थिए । सिहंलाई लगातार १८ दिनसम्म आईसियुमा राख्दा पनि अस्पतालले स्वास्थ्य अवस्था गम्भिर रहेको भन्दै अझै आईसियुमा राख्न दवाब दिएको आफन्तको आरोप छ । स्वास्थ अवस्था सामान्य रहेका सिहंलाई अनावश्यक रुपमा भेन्टिलेटरमा नै राखेर १२ लाख असुली गरेको भन्दै आफन्त मिडियामा आएका थिए । 


सर्वाङ्ग अस्पताले आईसियु मै राखेर उपचार गर्नुपर्छ भनेका विरामीलाई त्यहाँबाट डिस्र्चाज गरेर किर्तिपुर अस्पतालमा लगेपछि विरामी सामान्य अवस्थामा उपचार गराई रहेको पारिवारिक स्रोतले जानकारी दियो ।
 

यो पनि

सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल

 

सर्वाङ्ग अस्पताल

विशेष