News राजनीति

बिनासँग प्रचण्डलाई बाध्य बनाउने के छ ?

बिनासँग प्रचण्डलाई बाध्य बनाउने के छ ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको मृत्यु भएपछि उनकी पत्नि तथा माओवादी केन्द्रकी नेतृ विना मगर राजनीतिमा चर्चामा आईन। 

पति वियोगमै रहेका वेला ०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी उनी महिलातर्फ देशकै सबैभन्दा बढी मत ल्याएर निर्वाचित भइन। प्रकाशको ०७४ मंसिर ३ गते निधन भएको थियो। 

अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी मगर माओवादी केन्द्रकातर्फवाट केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री समेत वनिन् । प्रदेश–७ को प्रतिनिधित्व गर्दै केन्द्र सरकारमा मन्त्री बनेपछि पार्टीमा उनको वोलवाला थप वढ्दै गयो।

यद्यपी मन्त्री वन्न विना मगरले धेरै हण्डर खेप्नु पर्यो । तर, ब्यापक आलोचना हुँदा पनि अध्यक्ष प्रचण्डले वुहारीलाई काखी च्यापेको च्यापै गरे र अन्तत मन्त्री वनाएरै छोडे। पटक पटक मन्त्री मण्डल पुनर्गठन हु्ँदा पनि उनको पद सधैं सुरक्षित रह्यो । 

यति मात्र होईन, प्रचण्डले विनालाई यतिसम्म च्यापेकी तत्कालीन नेकपामा वरिष्ठ नेताहरुलाई पाखा लगाएर उनलाई बिभागीय प्रमुख नै वनाईयो । लेखराज भट्ट, खगराज भट्टजस्ता पुराना नेतालाई बेवास्ता गरी बिनालाई सुदुरपश्चिमको पार्टीमा निर्णायक बनाउनुलाई पनि नेताहरुले प्रचण्डको वुहारी मोहका रुपमा लिने गरेका छन् ।

यो सवै अचानो झै सहि रहेका लेखराज भट्टले विनाको विषयमा प्रतिक्रिया दिएपछि प्रचण्ड उनीसँगै टाढिए । सुदुरपश्चिममा मन्त्रीपरिषद हेरफेरमा प्रदेश कमिटीसम्मलाई खबर नहुनु र बिनाको मर्जीमा प्रचण्डले लालमोहर लगाउनुलाई अर्थपुर्ण रुपमा हेरिन्छ।

पम्फा भुसाल, ओनसरी घर्ती, सत्य पहाडी, अंजना बिशुंखेलगायताका नेत्रीहरुले ‘महिला नेतृत्वको विकाशमा प्रचण्डको ढङ्ग नपुगेको’ भन्दै सामुहिक र बेग्लाबेग्लै ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको पाईएको छ।

मन्त्री मण्डल पुनर्गठनका समयमा प्रधामन्त्री ओलीले प्रचण्डको बुहारी मोहबारे पटक–पटक कटाक्ष गर्दा पनि उनले लाज मानेन्। वरु उल्टो बुहारीको योगदानको चर्चा गर्दै हिडे तर, सुधार गर्ने तर्फ लागेनन्।

बिधार्थी नेता रहेकै वेला प्रकाशसँग भागी विवाह गरेपछि पार्टीमा कार्बाही गरिएको भनिएकी बिनाको त्यस विपरित एकपछि अर्को बढुवा भयो। पहिलो पटक सांसद भएकी बिनालाई प्रचण्डले फूलमन्त्री बोनसमा दिए।

उनले उपहार समाए झै एकपछि अर्को राजनीतिक लाभ लिदै गईन। तर, उनको नेताको रूपमा काम गरेका लेखनाथ न्यौपाने, कञ्चन खनाल, रामदीप आचार्य, युबराज चौलागाइँ, हिमाल शर्मालगायत भुमिका विहिन भएको विषयमा प्रचण्डले कुनै वास्ता गरेनन्। विनालाई फुल मन्त्री वनाउँदा उनी भन्दा वरिष्ठ नेताहरुलाई मन्त्रीका स्वकिय सचिब वा प्रदेशमै सीमित गरियो ।

प्रचण्डले यति मात्रै गरेनन्, विनाको वक्रदृष्टिमा परेका नेताहरु लेखनाथ न्यौपाने, कृष्ण केसीलगायतले टिकटनै पाउन सकेनन्। केसीले बिना र प्रकाशको सगरमाथा आरोहणताकाको रोमान्सबारे प्रचण्डलाई चुक्ली लगाएको र लेखनाथले परिवारबादको बिरोध गरेको तुस मेट्न विनाले उनीहरुलाई पाखा लगाएको भनिन्छ।।

यसैगरी, विनाकै कारण प्रचण्डले प्रकाशकी जेठी पत्नि सृजनालाई लगभग वनवास पठाए। सृजनालाई स–सम्मान परिवारमा भित्र्याउने पटक– पटकको वाचा प्रचण्डले अहिलेसम्म पनि पुरा गर्न सकेका छैनन्। सृजनालालाई घरवाहिर पार्नुमा विनाकै अबरोध प्रमुख कारण भएको जनाईन्छ।

विनाको वेवकुफीमा प्रचण्डले ‘धृतराष्ट्र’ले झै आँखा वन्द गरेको वताउने गरेका पार्टीपंक्तिमा एउटै प्रश्न छ–‘विनासँग के छ हँ, प्रचण्डलाई बशमै पार्ने ?’

पुस्पकमल दाहाल ‘प्रचण्ड’ विना मगर खानेपानी मन्त्री

विशेष