News प्रवास

कमलालाई अमेरिकी नर्सले गरे सहयोग

कमलालाई अमेरिकी नर्सले गरे सहयोग

सुर्खेत नेवारेकी दिपा सुवेदी अमेरिकाको क्यालिफोर्नियामा नर्स छिन । २ सन्तानकी आमा दिपाले कोभिडका बेला सन्तानसँग अलग बसेर बिरामीको उपचार गरिरहेकी छिन् । अहिले अमेरिका कोभिड संक्रमणबाट सामान्य अवस्थामा फर्कन खोजिरहेको छ । दिपाको माइती देश नेपाल भने कोरोनाको कहरमा छ ।


कोरोनाका बेला सन्तानको रेखदेख कति जटील हुन्छ भन्ने मज्जैले अनुभव गरेकी दिपालाई स्यांजाकी कमला पराजुलीको पराक्रमले अचम्मित बनाएको छ । अविवाहित कमलाले घरछेउमा बालआश्रम बनाएर दुई दर्जन बढी बालबालिकालाई मातृत्व प्रदान गरिरहेकिछिन् । देशका विभिन्न ठाउँबाट ल्याइएका असहाय बालबालिकालाई रेखदेख गरिरहेकी कमलालाई कोरोनाका बेला कति  गाह्रो भएको होला? यो प्रश्नले अमेरिका निवासी दिपाको मनमा घोचिरह्यो । 


कमलाले सञ्चालन गरिरहेको बाल आश्रमको बारेमा दिपाले आफ्ना सहकर्मीलाई जानकारी गराईन् । कमलाले सञ्चालन गरेको बाल आश्रमको बारेमा दिपाले सञ्चार माध्यमबाट सुनेकि थिइन् ।


जब दिपाले बालआश्रमको बारेमा आफ्ना सहकर्मीलाई सुनाईन सबै जना भावुक भए । कमलाले सञ्चालन गरेको बालआश्रमलाई सहयोग गर्न दिपासँगै कार्यरत उनका सहकर्मी नर्सहरु तयार भए । दिपाले केहि रकम थपेर आश्रमको लागि ५२ हजार जुटाइन ।

 


 आफ्नो एउटा प्रयासले सानो भएपनि बाल आश्रमलाई सहयोग गर्न सकियएकोमा दिपा उत्साहित छिन् । उनि भन्छिन्, सामाजिक सञ्जालमा फोटो पोष्ट गरेर सहयोगका लागि अपिल गरेकी थिए । मेरो प्रयासलाई देश विदेशमा रहनुभएका साथिहरुको राम्रो सहयोग मिल्यो । यसले मलाई थप समाजसेवा गर्न उत्साहित बनाएकोछ । 


मोफसलमा सञ्चालनमा रहेको मध्यको बालगृह हो अमोरसेवा नेपाल । कमलाको नेतृत्वमा चलेको यो आश्रमको मुख्य आयस्रोत जनस्तरबाट प्राप्त मुट्ठीदान हो । कोरोना र लकडाउनका कारण दाताहरुको आवतजावत ठप्प प्रायः छ । सहयोगको आवश्यकता जताततै भएसंगै बालगृह ओझेलमा परेका छन । यस्तोबेला संस्था चलाउन थप कठीन हुनु स्वभाबिक रहेको भनेर कमलाले चित्त बुझाउने प्रयास गरेकी छिन । व्यक्तिगत ऋण र पारिवारिक स्रोतमा भर पर्नुपर्ने स्थिति लकडाउनले निमत्याएको छ ।  दिपामार्फत सहयोग जुटेको थाहा पाएसंगै उनले खुशी व्यक्त गरिन् । उनले सहयोगी नर्स र नर्सआबद्ध संस्थाप्रति आभार व्यक्त गरिन् । 

दिपाले नेपालआज मार्फत कमलालाई पठाएको रकम उपर्युक्त माध्यमबाट उनिसमक्ष पुर्याइने छ । यसअघि कमलाका बारेमा नेपाल आजले कथा प्रकाशित गरेको थियो ।

कमला पराजुली बालआश्रमलाई सहयोग दिपा सुवेदी

विशेष