News राजनीति

१२ जना नेतालाई कारवाही गर्न ओलीले वोलाए स्थायी कमिटी वैठक

१२ जना नेतालाई कारवाही गर्न ओलीले वोलाए स्थायी कमिटी वैठक

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक वोलाएका छन् ।

थप स्पष्टीकरण सोधिएका १२ जना नेतामाथि कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा वैठकमा छलफल हुने र निष्कर्षमा पुग्ने जनाईएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे बस्दैछ।

एमालेले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधेको थियो।

उनीहरू कसैले स्पष्टीकरणको जवाफ दिएका छैनन्। घनश्याम भुसालले भने शनिवार सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिएका थिए । एमालेको स्थायी कमिटीले यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ। 
 

विशेष