News राजनीति

दुई प्रदेशका प्रमुख फेरीए, राष्ट्रपतिले गराईन सपथ

दुई प्रदेशका प्रमुख फेरीए, राष्ट्रपतिले गराईन सपथ

सरकारले दुई प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमवार वसेको मन्त्रिपरिषद् वैठकले गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्ति गरेको छ।

गण्डकीको प्रमुख बनेकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हुन् ।  सप्तरी निवासी यादव दोस्रो संविधान सभाका उपसभामुख हुन् । राप्रपाबाट उपसभामुख बनेका उनी पछि एमाले प्रवेश गरेका थिए ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् । साँझ ६ बजे शपथ ग्रहण भएको हो । 

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले यी दुबै प्रदेशका प्रदेश प्रमुख फेर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेसँगै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी थिइन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भने राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित रहेको वताएका छन्।

यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो भन्दै उनले यस्तो काम गर्नुभन्दा  संघियता खारेजगर्नु बेस भएको वताएका छन्।
 

विशेष