News

कोरोनाः प्रदेश– २ सरकारले मन्त्रीलाई नै वनायो जिल्ला जिल्लाको फोकल पर्सन

कोरोनाः प्रदेश– २ सरकारले मन्त्रीलाई नै वनायो जिल्ला जिल्लाको फोकल पर्सन

प्रदेश– २ सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि मन्त्रीहरूलाई जिल्ला – जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्रीसमेत तोकेको छ।

सोमवार वसेको मन्त्री परिषद वैठकले सप्तरीका लागि भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिएको छ।

फोकल मन्त्रीहरू सम्बन्धित जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पुलका रूपमा काम गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि पीसीसीएमसीको बैठकले गरेको निर्णयहरूलाई अनुमोदनसमेत गरेको छ ।

यसैगरी, प्रदेशभरका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागी ३२÷३२ लहान अस्पतालका लागि २३, र भारदह तथा पोखरिया अस्पतालका लागि १५÷१५ दरबन्दी थप गर्ने निर्णयगरेको छ ।


त्यसैगरी, जनकपुरको मणिपालमा निर्माण गर्न लागेको विशेष कोभिड अस्पतालको लागि थप २२७ दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले मणिपालमा २० बेड आईसीयुसहित १ सय बेडको विशेष कोभिड अस्पताल निर्माण गर्न लागेको हो ।

विशेष