News

लुम्विनीमा मुख्यमन्त्रीलाई वहिस्कार गर्ने निर्णयमा कसरी पुग्यो गठवन्धन

लुम्विनीमा मुख्यमन्त्रीलाई वहिस्कार गर्ने निर्णयमा कसरी पुग्यो गठवन्धन

अविश्वासको प्रस्ताव दर्ता गएको चार दलीय गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेको छ।

नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो ।

अल्पमतमा परेका शंकर पोखरेललाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेका हुन्।

गठबन्धनले अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न पनि माग गरेको छ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउन विशेष अधिवेशनको माग गरेका थिए।


विशेष