News अपराध सुरक्षा

प्रहरीले नै पसलवाट मदिरा चोरेपछि...

प्रहरीले नै पसलवाट मदिरा चोरेपछि...

सिरहामा मदिरा चोरी गरेको आरोपमा प्रहरी नै कारवाहीमा परेका छन् । सिरहाको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरीलाई मदिरा चोरी गरेको आरोपमा निलम्बन गरिएको छ।

असई नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय निलम्वनमा परेका हुन् । लहान नगरपालिका २३ गढिया चोकमा रहेको पूजा मदिरा होटलमा जेठ ९ गते राती तीनैजना प्रहरीले मदिरा चोरेको आरोप लागेको थियो ।

आरोपपछि उनीहरुलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) शालिग्राम शर्माले बताए । 

प्रहरी होटलमा पुगेपछि संचालक वाहिर भागेका थिए। सोहि समयमा उनीहरुले मदिरा चोरी गरी खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनीहरुलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीले सिसिटिभिमा कैद भएको भिडियो सार्वजनिक नगर्न होटल संचालकलाई दबाब दिएपनि सामाजिक संजालमा अपलोड गरेपछि कारबाही प्रकृया अगाडि वढेको हो ।

प्रहरी नियामावली २०७१ बमोजिम आजदेखि निलम्बन गरी थप अनुसंधान भइरहेको प्रहरी प्रवक्ता शर्माले बताए । 
 

विशेष