News

विवेकशिलका नेता थापाको कारोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य स्थिर

विवेकशिलका नेता थापाको कारोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य स्थिर

कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत विवेकशी साझा पार्टीका नेता उज्वल थापाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको हो । ‘ग्राण्डीमा उहाँ सिकिस्त हुँदा पनि रिपोर्ट नेगेटिभ नै थियो । त्यसपछि मेडिसिटीमा पीसीआर परीक्षण गर्दा पोजिटिभ आयो,’ उनले भने–‘पछिल्लो रिपोर्ट नेगेटिभ आउनु सुखद् छ । तर, स्वास्थ्य जटिलता अझै छ। ’

कोरोना संक्रमण भएपछि सुरुमा थापालाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि इक्मो प्रविधिबाट थप उपचार गर्नुपर्ने भएपछि ग्राण्डी अस्पतालबाट थापालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । नेपालमा इक्मो प्रविधिको उपचार मेडिसिटीमा मात्रै हुने गरेको छ।

यसअघि आइतबार साँझ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था गम्भीर रहेको बताएका थिए ।
 

विशेष