News Technology

भोलिदेखि बन्दैहुँदै गुगलको ‘फ्रि स्टोरेज’ सुविधा, स्मार्टफोन प्रयोगकर्तालाई ठुलो असर पर्ने

भोलिदेखि बन्दैहुँदै गुगलको ‘फ्रि स्टोरेज’ सुविधा, स्मार्टफोन प्रयोगकर्तालाई ठुलो असर पर्ने

गुगलले उपलब्ध गराउँदै आएको ‘फ्रि स्टोरेज’ सुविधा भोलि अर्थात जुन १ देखि हट्ने भएको छ । जुन १ देखि गुगलले अन्लिमिटेड स्टोरेज सुविधा हटाएर जम्मा १५ जिबी स्टोरेज मात्र उपपलब्ध गराउने छ । भोलिदेखि तपाईको जीमेल खातामा जम्मा १५ जिबि स्पेश रहनेछ । 


यो स्पेस केवल फोटो र भिडियोहरू अपलोड गर्नकालागि मात्र नभएर ईमेल, गुगल ड्राईभको लागि पनि हो । गुगलले उपलब्ध गराउँदै आएको फ्रि स्टोरेज सुविधाले स्मार्टफोन प्रयोगकर्ताहरू मर्कामा पर्नेछन् । यसको विकल्पमा गुगलले निश्चित शुल्क लिएर स्टोरेज उपलब्ध गराउनेछ अर्थात अब १५ जीबि भन्दा बढि स्टोरेजका लागि प्रयोगकर्ताले स्पेश किन्नु पर्नेछ । 


जुन १ अघि अघिसम्म गुगल स्टोरेजमा अपलोड भएका फोटो र भिडियोमा भने केही परिवर्तन नहुने गुगलले जनाएको छ । यस अघि अप्लोड गरिएका फोटो तथा भिडियोहरु १५ जिबीको स्टोरेजमा पनि सिमित हुने छैनन् ।  


२०२१ जुन १ पछि भने गुगलले प्रयोगकर्ताको स्टोरेज फूल हुन लागेमा अगाडि नै सूचित गर्नेछ । पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो । यो फ्रि स्टोरेज सुविधामा प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न सक्थे । गुगलका अनुसार गुगल फोटोमा हालसम्म करिब ४ ट्रिलियन फोटो छन् । हरेक हप्ता यसमा २८ बिलियन फोटो र भिडियो अपलोड हुने गर्छ ।
 

विशेष