News

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना, सम्पुर्ण लक्षण देखियो

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना, सम्पुर्ण लक्षण देखियो

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

शर्माले ट्वीटरमार्फत आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । लक्षण सहितको कोरोना संक्रमण भएपनि मनोबल उच्च राखेको उनले वताएका छन् । उनी होम आईसोलेसनमा वसेका छन् ।

ज्वरो र जिउ दुख्ने समस्या आएपछि आईतवार परिक्षणका लागि स्वाव दिएको र सोमवार विहान पोजेटिभ रिपोर्ट आएको शर्माले जनाएका छन् ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डा. मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।’– उनले लेखेका छन्।

विशेष