News

अस्पतालमा भर्ना हुनै नपाई ज्यान गुमाउँदै कोरोना संक्रमित, यसकारण उपचार असम्भव

अस्पतालमा भर्ना हुनै नपाई ज्यान गुमाउँदै कोरोना संक्रमित, यसकारण उपचार असम्भव

प्युठानमा कोरोना महामारी तिव्र हुँदै गएपछि कोभिड अस्पतालका अधिकांश शैय्या बिरामीले भरिभराउ भएका छन् । अस्पतालमा विरामी भर्ना गर्न सक्ने अवस्था छैन ।

संक्रमित राख्ने ठाउँ नभएकै कारण बिरामीले उपचार नपाउने अवस्था सिर्जना भएको छ । जसका कारण उपचार नपाएरै संक्रमितको मृत्यु हुन थालेको छ । पालो पर्खिदा पर्खिदै विरामीले ज्यान गुमाउने अवस्था आएको स्थानीयहरु वताउँछन्।

प्यूठानको सरुमारानी गाउँपालिका बाङ्गेसालका ४२ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण एक हप्ताअघि मृत्यु भयो । यसैगरी वैदेशिक रोजगारीका लागि भारत गएको एक जना १५ दिनअघि फकिएर होम क्वारेनटिनमा बसेका थिए । बैशाख १२ गते कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएका उनले उपचार नै पाएनन् । अस्पतालमा शैय्या खाली नभएपछि प्यूठानबाट दाङ र त्यहाँबाट अन्यत्र लैजान भनियो । तर, अस्पताल चहार्दा–चाहार्दै उनको मृत्युभयो । 
 
रुपन्दैहीको देवदहकी ४९ वर्षीया महिलाको पनि उपचार नपाएरै मृत्यु भएको उनको आफन्तले वताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसीयू आवश्यक रहेपनि लुम्बिनी प्रादेशिक अस्पतालमा शैय्या खाली नहुँदा उपचार नपाएर उनको मृत्यु भएको उनीहरुको भनाई छ ।

यति मात्रै होईन, पछिल्लो समय कोरोना संक्रमणपछि उपचारै नपाएर ज्यान गुमाउनेको संख्या वढ्दै गएको छ । संक्रमित वढ्दै गएपछि स्वास्थ्य संस्थाको क्षमता वृद्धि नहँदा संक्रमितले उपचारै नपाइ मुर्न परिरहेको छ । 

संक्रमण वढ्दै गएपनि उपचार र रोकथामका लागि जिल्लामा गरिएको तयारी पर्याप्त नहुँदा यस्तो अवस्था आएको नागरिकहरुको गुनासो छ । 

विशेष